"लघुकथा / अन्त्य"
जीवन 'पीडित' दहाल
अकस्मात मेरा छातीको देब्रेतर्फ दुख्यो कसैले मेरो मुटुनै लुछेर बाहिर निकाले जस्तै गरि ।
त्यसपछि के भयो मलाई थाहा भएन तर जति बेर मैले थाहा पाएँ त्यति बेर मेरो शरिर घोप्टे परेर लडि रहेको थियो र मानिसहरुले मलाई पल्टाएर उत्तानो पार्दा असैह्य पीडाले आक्रमित छातीमा मैले दहिने हातले बेस्सरी थिचेरहेको रहेछु ।
मेरो अबस्था देख्नासाथ अनुभवीले भनेको सुनें–‘गंगालाल अस्पताल–गंगालाल अस्पताल लैजाऔं । हार्ट अट्याक भएजस्तो छ ।’
मान्छेहरुले मलाई देख्न सकेनन् र मलाई छोडेर मेरो शरिर एउटा बाहनमा हालेर दौडिए । सायद अस्पताल लिएर गए होला ।
अनि म अकस्मात प्रचण्ड गुरुत्वाकर्षणको बलले तानिएँ तर कता तानिएँ भनेर म बताउँन असमर्थ छु किन कि मैले मेरो शरिर छोड्नासाथ म समयरहित र दिशारहित भै सकेको रहेछु ।
तर असमर्थताका बाबजुद पनि म परमपिता परमेश्वरका अघि अपराधिलाई उभ्याइए झैं उभ्याइएको भनें मैले थाहा पाएँ जहाँ परमपिता परमेश्वरका दायाँतिर जिसस मुस्कुराउँदै बसिरहनु भएको थियो । अनि मैले केही बोल्नु अगाबै परमेश्वरले अनुचरलाई आदेश दिदैं भन्नु भयो–‘यस फटाहालाई नर्क पठाउँनु यसले स्वर्गमा हामीसँग बस्ने अधिकार पृथ्वीमै गुमाएर आएकोछ ।’
परमेश्वरका बचनले मेरो मगज बेस्सरी हल्लियो अनि मैले नम्र भएर प्रश्न राखें–‘मैले कसरी अधिकार गुमाएँ परमेश्वर ? मैले हिन्दुधर्म ग्रहण गरुन्जेल सांसारीक जीवन ब्यतित गरेको भए पनि हिन्दुधर्मको परित्याग गरेर प्रभुका शरणमा आएपछिको मेरो सम्पूर्ण समय अर्थात जीवन हाम्रो धर्मको प्रचार गरेर र तपाई गुणगान गाएर ब्यतित गरेको हैन र ? अनि मैले के अपराध गरें र मैले स्वर्गको अधिकार गुमाउँन पुगें ?’
‘अगाढी फर्केर गुणगान गाए पनि पछि फर्केर गालि गरिस् नि त त्यसैले ?’–परमेश्वरले रहस्यात्मक उत्तर दिए ।
‘कसलाई गाली गरेर प्रभु ?’– मैले आफुलाई बेहोस हुनबाट बँचाउँदै प्रश्न गरें ।
‘इश्वरलार्ई’–परमपिता परमेश्वरको उत्तर थियो ।
‘इश्वरलार्ई’–परमपिता परमेश्वरको उत्तर थियो ।
जुरोपानी-४, झापा
हाल: काठमाडौँ |
हाल: काठमाडौँ |
No comments:
Post a Comment