कथा- "प्रायश्चित प्रेमको"
उसको म्यासेजले म जीवनमा पहिलो पटक यति धेर भिजेछु!भावुकताले!स्वर्णिम कल्पनाले!सीमारहित खुसीले!
मैले थाम्नै सकिन यो खुसी!हत्तपत्त राधिका,सुधा,श्रीसा सबैलाई इन्बक्स खोल्दै भनें-'खुब् टिक्दैन भन्थ्यौ नि!हेर छुच्ची हो! मेरो प्रेमले लेखेको म्यासेज-"भन्थिस् नि तेरो जिन्दगी मेरो निजी हो!तँ मेरो होस्!केवल मेरो! मेरो सेरोफेरोबाट टाढा जाने तँलाई अधिकार छैन!हो,म तेरो रहेछु!मलाई स्विकार छ-तेरो हुन!मेरो सिङ्गो जिन्दगी तँलाई भो!आइजो हावाजस्तै उडेर!र, लैजा मलाई तेरो-बस्ती!"
म्यासेज पढेर उनीहरुले मेरो पिठ्यूँमा गहिरो धाप मारे-भावुक मुद्रामा!मानौं;मलाई सुम्सुम्याउँदै छन् उनीहरु!फुल्याउँदै छन्!म कुनै ठूलो पीडामा छु!शोकमा छु!त्यो भावुकतालाई निफन्ने म सँग फुर्सद थिएन सायद! मैले पचाइदिएँ-अलिकती मुस्काइदिएर-प्रेमकै उधारो मुस्कान!
आज एघार महिना पछि आएको आकष्मिक म्यासेज थियो यो!भावुक म्यासेज-छुट्टिनेबेला लेखेका म्यासेज झै!
त्यहाँ भन्दा अगाडि ऊ प्राय: उत्ताउला म्यासेज लेख्थ्यो!उरनठेउला म्यासेज लेख्थ्यो!कुरीकुरी लागिरहने म्यासेज लेख्थ्यो!
त्यहाँ भन्दा अगाडि ऊ प्राय: उत्ताउला म्यासेज लेख्थ्यो!उरनठेउला म्यासेज लेख्थ्यो!कुरीकुरी लागिरहने म्यासेज लेख्थ्यो!
प्रेमको अंगालो!प्रेमकै जिन्दगी! प्रेमको न्यानो काख!प्रेमकै घर!आहा!
मैले कल्पनालाई यही बिट मारेर जबाफ टाइप गरें-'मैले जिन्दगी तँलाई ओछ्याइदिएकी थे प्रेम!तँ आइस् मनको बाटो!अब तँलाई फुत्किन कहाँ दिम्ला र! तँ सँगै भएँ भनें म काँडामा टेकेर पनि मुस्काई-मुस्काई तर्नेछु-जीवनको झोलुङ्गे पूल!आजसम्म जे जति भए, ती जम्मै भूलहरुलाई भगवानले नसुन्ने गरी बगाई दिउँ है-भेरीको छातीभरी!'
मैले कम्प्युटरमा "इन्टर" थिचें!
फेरि लेखें-' सरी! मेरो प्रेम!तँलाई सबै कुरा भन्ने मौका नै मिलेन त्यतिबेला! अब खुलस्त भन्न चाहन्छु- तँ बिना मेरो संसार छैन!तेरो तड्पाई बाँचें जिन्दगी-आजसम्म जति बाँचें तँ सँग छुटेर!मेरो संङ्कल्प सुन- यदि तँ मेरो भैनस् भने मेरो आधा जिन्दगी मेरो हुनेछैन! कुनै यौटी पागल प्रेमिको जिन्दगी हुनेछ! के तँ म यसैगरी तड्पिएको हेर्न चाहन्छस्?'

कम्प्युटर बज्यो!सङ्गै बज्यो कौतूहलताको अर्को घन्टी!हत्तपत नजर पोख्यौं हामीले!लेखेको थियो-"पृया, जिन्दगी न तेरो रहेछ!न मेरो रहेछ! यो त भगवानको रहेछ! हामी उसैका खेताला रहेछौं!कुन बेला आउँछ निम्तो-हामी त वस् कुरुवा रहेछौं-जीवनको!सबै भुललाई बिर्सिदे ल!
मलाई माफ गर् पृया!आज पनि पिरोलें!मेरो अघिल्लो म्यासेजको अनुरोध तँलाई नभएर उहीँ भगवानलाई थियो-जसको मूलदैलो छेवैमा चलिरहेछ-मेरो एक मुठी सास!
मलाई सप्रेम भगवानको हुन दे!बाई ........!!!
No comments:
Post a Comment