कसैले हल्लामा बिस्वास राखेको रहेछ
भाग्याले निधारमा बिनास राखेको रहेछ
...................................
आफ्नैले वियोगान्त कथाहरु दिएपछी
उस्ले आफ्नै नाम उपन्यास राखेको रहेछ
.............................
बिर्सनेले बर्सौ भएथ्यो बिर्सिएको पनि
सम्झनेले उस्लाईनै खास राखेको रहेछ
........................
केही नहुनेहरुलाइ पनि त भगवानले
घर यहि धर्ती र आकास राखेर रहेछ
राम शरण श्रेष्ठ
No comments:
Post a Comment