दिन्छु बधाइ तिमीलाई खुसी मेरो हरे पनि॥
हासी हासी बाच्नु है ल आँशु मेरो झरे पनि॥
भौतारिएँ एक्लै म बेदना र आँशु बोकी
भुल्न मैले सकिनँ खै सयौँ चोटी मरे पनि॥
मलाइ आफ्नै ठानेको भए टाढा हुनै दिन्न थिएँ
सजाइ राख्छु यो मनमा तिमि बसाइ सरे पनि॥
मलाइ जस्तो उनलाई चाँहि धोका प्रिय नदिनु ल?
रिसाएर कैलेकाही आँखा उनले तरे पनि॰
No comments:
Post a Comment