टाउकोमाथी यसरी आज लाठी दियो समयले।
आफुभन्दा स्वास्नी निकै बाठी दियो समयले।।
आफुभन्दा स्वास्नी निकै बाठी दियो समयले।।
पहिलापहिला तीनवटा बोका ब्याउँथ्यो धरोधर्म।
कुन पापले माऊ बाख्रोलाई पाठी दियो समयले??
कुन पापले माऊ बाख्रोलाई पाठी दियो समयले??
आफ्ना भने ससुराली कहीँ नभाका मगन्ते छन,
माईलोभाईलाई ससुराली गाठी दियो समयले।।
माईलोभाईलाई ससुराली गाठी दियो समयले।।
सयबाट हजार पार्न व्यापार थालेँ मैले पनि,
सावाँ पनि डुबाईदियो यार साठी दियो समयले।।
सावाँ पनि डुबाईदियो यार साठी दियो समयले।।
No comments:
Post a Comment