लघुकथा ( शिर्षक :- बाजेका दन्त्यकथा )
ऊ आऊथ्यो ! मेरो ईनबक्स र कमेन्ट बक्समा घरिघरी आऊथ्यो ! केही शब्दहरू कोरेर मलाई देखाऊथ्यो, अनि भन्थ्यो "सर, मलाई गजल मुक्तक लेख्न सिकाईदिनु ?" मैले जाने जति सिकाईदिन्थे ! ऊ 'तपाई सॉच्चै महान हुनुहुन्छ' भन्दै जान्थ्यो ! मैले केरमेट गरिदिएका रचनाहरु आफ्नो प्रोफाईलमा टॉस्थ्यो ! धेरथोर लाईक र कमेन्ट आऊथे ऊ फुरुगं पर्थ्यो !
समय अगाडी बढ्दै जॉदा गजल मुक्तकका बारेमा ऊ आफै केही बूझ्ने भएछ ! ऊसका रचनाहरुमा लाईक र कमेन्ट बढ्दै गए ! हुन त यो फेसबुकमा लाईक र कमेन्ट ऐचोपैचोमा पनि चल्छ ! जे होस् ऊसको नाक लामो बन्दै गयो ! अब ऊ म बाट तर्किन थाल्यो ! ऊसले मलाई सम्बोधन गर्ने 'सर' शब्द 'सहर' गयो !
म पनि लेख्थे, कहिले मन लगाएर त, कहिले समय कटाऊन मात्रै भए पनि,:- फेसबुकमा केही रचनाहरु ! यस्तैमा, एकदिन मेरो गजलमा ऊसको नामबाट कमेन्ट आयो ! कमेन्टमा लेखिएको थियो ! "नाईस ब्रो, यो चॉही गजल हो !"
भोलिपल्ट ऊसले गजल पोष्ट गर्यो ! मैल आज ऊसको गजल नहेरेरै पर्तिक्रीयामा लेखिदिए "वाह् सर, नाईस, यो चॉही गजल हो !" ऊसकै पर्तिक्रीयामा 'वाह् सर' थपेर !
१५ मिनेटमा ऊताबाट मेरो नाममा एऊटा कमेन्ट मेनटेन भयो ! माऊसले क्लिक गरेर हेरे, त्यहॉ लेखिएको थियो :-
"अनि ब्रो, हिजो अस्ती मैले लेखेका गजलहरु चॉहि, गजल नभएर, तिम्रो बाजेका दन्त्यकथा थिए त ?"
"अनि ब्रो, हिजो अस्ती मैले लेखेका गजलहरु चॉहि, गजल नभएर, तिम्रो बाजेका दन्त्यकथा थिए त ?"
© जि. एम. दिपु देपेन्द्र
_______खोलागॉऊ, रुकुम
No comments:
Post a Comment