खै मोहनीले होला तान्यौ र पो नजीक सरेँ !!
नत्र कहाँ भागी भागी आउँथे र म
केही पलमै तिमले आफ्नै ठान्यौ र पो नजिक सरेँ !!
कामुक नजर बाटै ईशारामै तिमीले
मेरा ईछ्छा चाहनालाईजान्यौ र पो नजीक सरेँ !!
थोरै लजाउने अनि धेरै रिसाउने
छुच्चीलाई रामप्यारी मान्यौ र पो नजिक सरेँ !!
चन्द्रमुखी छन् कोहीकोहि शुर्यमुखी
तैपनी हजारौँमा छान्यौ र पो नजिक सरेँ !!
No comments:
Post a Comment