- Chetraj UPADHYAYA"Byathit" |
गजल
यो कस्तो अचम्म! अत्याचारको केसमा ॥
प्रहरी आफै फसेछ,बलात्कारको केसमा ॥
यहि हो हजुर नेपालमा,ठुलाबढाको परिभाषा
एक बर्षमै सरकार ढल्ने रे,दरबारको केसमा ॥
मन्त्रीले त प्रचार गर्नेलाई,सजाय दिने रे
पत्रकार कसरी दोषी भो?समाचारको केसमा ॥
आफ्नो जिवन रक्षक मान्छे,आफै बन्नुपर्छ
मुर्ख हिजो कसरी मर्यो,तरबारको केसमा ॥