मुर्छा खायौ रे त, मेरो आत्मबल देखेर ॥
तिमीबिना पनी म, बाँच्न सफल देखेर ॥
मरिहाल्छु म, लाग्थेयो होला तिमीलाई
तिम्रो मायामा, मलाई सार्है पागल देखेर ॥
तिम्रो मायामा, मलाई सार्है पागल देखेर ॥
तिमीले अनी दैबले, घात गर्यौ एकैसाथ
बिबष हुदा म जीन्दगीमा, घायल देखेर ॥
बिबष हुदा म जीन्दगीमा, घायल देखेर ॥
धोका र गरीबिमा, बाँच्न मैले जानिसके
हिलो मैलोमापनी,फुलीदिने कमल देखेर ॥
हिलो मैलोमापनी,फुलीदिने कमल देखेर ॥
आउनेछ आसु तिम्रो भक्कानिदै मन फेरी
तिम्रोलागी कोरेको,मेरो यो गजल देखेर ॥
तिम्रोलागी कोरेको,मेरो यो गजल देखेर ॥
- कुमार के.सी
अर्घाखाँची
अर्घाखाँची
No comments:
Post a Comment