((भाबना))
तिमी झरेका आँसु पुछ्ने हात कहा हुनु,
मुटु टुक्राउने तरबारको घात रहिछौ।
तिमी पुर्णिमाको चहकिलो जुन कहा हुनु,
डरलाग्दो औसिको कालो रात रहिछौ।
तिमी घाउहरुलाइ मलमपट्टि कहा हुनु,
झन त्यसैमाथि बेदनाका खात रहिछौ।
तिमी मलाइ दिर्घायु पार्ने अम्रित कहा हुनु,
मेरो ज्याननै लिने ऐजेरुको पात रहिछौ।
No comments:
Post a Comment