नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, December 1, 2013

थोपा थोपा खुशीहरु सम्हाल्नुछ मैले-लेख कार्की "अन्योल"

गजल -

थोपा थोपा खुशीहरु सम्हाल्नुछ मैले !
दु:खका यी दागहरु पखाल्नुछ मैले !!

आज यस्तो बाध्यतामा परेकोछु साथी !
जसरीनी यो ढुंगालाई पगाल्नुछ मैले !!

बाजी हार्ने मन छैन चुनौतिछ ठूलै !
सागरभित्र बाट मोति निकाल्नुछ मैले !!

गन्तव्यको माथा चुम्न गार्है पर्दो रैछ !
संघर्षको ठूलो पहाड उचाल्नुछ मैले !!

सहनु सम्म सहें मैले अत्ति भयो अब !
अन्यायका खातिर खुन उमाल्नुछ मैले !!

लेख कार्की "अन्योल"
खोटांग

त्यो तारा झरेछ जो आफ्नै म ठान्थेँ-शिव रेग्मी गोविन्दपुरे

त्यो तारा झरेछ जो आफ्नै म ठान्थेँ ,
ठेगाना सरेछ जो आफ्नै म ठान्थेँ ।

हरेक साँझ जिस्की जुनेली रुवाउँछ ,
खोटी 'आँशु' परेछ जो आफ्नै म ठान्थेँ ।

हितैषी बनेरै चोरी मन मुटु ,
ऊ जँघार तरेछ जो आफ्नै म ठान्थेँ ।

मुक्तक-बिस्व मल्ल 'समर्पित' बिमस

मुक्तक
आजै त बस कार जल्छन, मंसिर चारमा झन के होला?
भाडाका गुण्डाहरु चल्छन मंसिर चारमा झन के होला?

भोट हाले पनि मार्छन जनता, नहाले पनि पक्कै मार्छन॥
गोलिले सभासद ढल्छन, मंसिर चारमा झन के होला?

-
बिस्व मल्ल 'समर्पित' बिमस

मायाको कुरा नगर यार!-

गजल

मायाको कुरा नगर यार!
मान्छेको भर नपर यार!

जहासुकै माया कहाँ उम्रन्छ र?
बालुवामा दिल नछर यार!

माया गर्ने भए ऊु खोज्दै आउछे,
तिमी नै अघी नसर यार!

खुट्टा भए जुत्ता कती हो कती
एउटै को लागि नमर यार!

- रोशन यक्सो लिम्बु
कपन, काठमाडौ

गजल-Manandhar Abhagi

~~~~~~~~~~~ गजल ~~~~~~~~~~~

यदि माटोको माया छ भने , राम्रो विचार पाल्नु छ 
एउटा कूर्चीको राजनीति , खराब विचार फाल्नु छ 

अब हाम्रो यो राष्ट्रमा , विकास देख्न चाहने हो भने 
मुसाले पारेका प्वालहरू , यो देशमा अब टाल्नु छ 

मुखमा बुजो लाएर अब , कदापी बस्नु हुँदैन 
हाम्रो धरोहर खोसिन्छ भने , त्यस्तालाई ढाल्नु छ

यदि सचेत नभए , हामी र हाम्रो देश रहन्न
कूर्ची र स्वार्थपना त्यागेर , बेलैमा पाइला चाल्नु छ

आफैमा द्घन्द र युद्घ नगरौं , राम्रो सद्भाव राखौं
अब हातमा मसाल होइन , शान्तिको दीप बाल्नु छ । 


Manandhar Abhagi
-

"यस् पालिको दशै"-Roshan Yakso Limbu

"यस् पालिको दशै"

हाओ कान्छा,
दशै पनि दशै जसरी
मनाउन नपाउदै सकेर गयो
दशै आगन सम्म मात्र आयो 
घरको दैलो भित्र पस्न पाएन !

झरी बाट जोगिन
कुनै घुम्,रेन कोट वा वर्सादी नबोकी आ'को 
झरी ले निथ्रुक्क भिजेर मुसा जस्स्तै भा'को दशै
पिडी मै झोक्राएर बसी रह्यो
दैलो खोलेर भित्र अौन मानेन

भन्दै थियो:-
म त हाम्रो नेता मात्रै
भारतीय ईशारा मा चल्छन भनेको त
हाम्रो मौसम झन धेरै भारतीय प्रभाव मा पर्दो रहेछ!
बङ्गाल मा आधी अौदा
नेपालको आकाश बाट पानी झर्दो रहेछ

खोइ, के आसिश थापे भन्नु र दशै मा?
सडक मा हिलो ले
मान्छे हरु चिप्लिए झै,
आसिश बोक्ने अछेता पनि
निधार बाट्टै चिप्लिएर गयो !
शायद, हुम्ला, जुम्ला र कर्णाली मा
चामल नपुगेको कथा
हुम्लि,जुम्ली र कर्णाली बासी ले
भोकै बस्नु परेको ब्यथा
सुनेको थियो कि?
मेरो निधार को अछेता ले पनि !

न कुनै हर्श न कुनै उल्लास
बस भन्न को लागि मात्र
दशै बनेर आयो -यस पालिको दशै !


-
Roshan Yakso Limbu

"बर- पीपल"-Roshan Yakso Limbu

"बर- पीपल"

"चौतारीको वर पीपल जस्स्तै होस् हाम्रो जोडी "
शायद, यस्तै वर माग्यौ देउता सँग !

प्रिया,
तिम्रो माग प्रति मेरो
'नोट अफ डिस्सेन्ट' छ १
म यायाबर जिब,
मैले घुमी रहनु पर्छ यता-त्यता १
नत्र कसरी जोड्न सकिन्छ र?
साँझ बिहान- हात र मुख !

म घुमन्ते फकिर,
कसरी सक्छु र ठिङ्ग उभिन एकै ठाउँ?
वर्सौ बर्ष सम्म:-
तिमीले भनेको वर जस्स्तै !!

अनी तिमी नि सक्छौ त?
घाम पानी, हुरी बतास स हेर
वर्सौबर्स सम्म पीपल पात बनेर बस्न?

कपिराइट @
Roshan Yakso Limbu
कपन, काठमाडौं 

राम्री छैन भने ओठमा लाली भएर के भो-Pratik Dulal.

गजल

राम्री छैन भने ओठमा लाली भएर के भो॥
ब्यबहार राम्रो छ भने काली भएर के भो ।।

मन भित्र कलोसित भाबना गुम्सिएको छ भने,
बिहान हातमा पुजाको थाली भएर के भो ।।

फूलहरु भमरसगँ जिस्की रहेकै छन,
बगैचा हेरचाह गर्ने माली भएर के भो ।।

कोहि बहालमा बस्न आउदै आउदैनन्,
जिर्ण घरमा कोठाहरु खाली भएर के भो ।।

copy right: रचनाकारमा
 
-Pratik Dulal.

प्राण धान्ने ग्याँस कहाँ बाट सुरु हुन्छ--गणेश भट्ट अणु.

गजल

प्राण धान्ने ग्याँस कहाँ बाट सुरु हुन्छ !!
जिउने अभ्यास कहाँ बाट सुरु हुन्छ!!

झन तिमिलाई त देख्नै हुन्न मैले 
उहि उस्तै प्यास कहाँ बाट सुरु हुन्छ!!

ओम बाट सुरु हून्छन् पुराण हरु
साँच्चै बेदब्यास कहाँ बाट सुरु हुन्छ!!

सानो गजल लेख्नुको अर्थ भेटिएन
त्यत्रो उपन्यास कहाँ बाट सुरु हुन्छ !!


Copyright -गणेश भट्ट अणु.
 हाइकुहरु

१)
मेरी पियारी
नपठाउ बाडुल्की
यादले मार्छ!

२)
तिम्रो तस्विर
नजरभरि भरिन्छ
त्यो जून जस्तै...

३)
बस्ती चिरेर
कर्णाली मडारिन्छ
लाटाको देश !

४)
कलेजीभरि
गुलाब बिछ्याएर
फरार छ ऊ

५)
के गरुँ भा' छ
आज भूपू मायाको
बासी सम्झना

-दिनेशराज पुरी

मैले फुलले हानेँ निस्ठुरीले लौरोले हानिन, फरक यत्ति होp-aL-Lee Mgr.

गजल

मैले फुलले हानेँ निस्ठुरीले लौरोले हानिन, फरक यत्ति हो!!
मैले देउता मानेँ निस्ठुरीले पत्थर मानिन फरक यत्ति हो ।।

एक कुनामा प्यार थियो अर्को तीर रुपैया थियो
मैले प्यार छाने निस्ठुरीले रुपैया छानिन फरक यत्ति हो ।।

हिड्दा हिड्दै बिच जंगलमा दाउराको एउटा ठुन्को भेट्यौ मैले श्रीखन्ड ठानेँ निस्ठुरीले सखरखन्ड ठानिन फरक यत्ति हो ।। 

पुष माघको जाडो थियो फाटेको एउटा ब्लाङ्केट थियो
मैले यता तानेँ निस्ठुरीले उता तानिन फरक यत्ति हो ।।

"paL-Lee Mgr. मिजा लिहुँकडाडा ५ स्याङ्जा
 

मान्छे सँग बाँकी भनेको अलिअली प्यार छ-Jeevan Sarowar.

गजल

मान्छे सँग बाँकी भनेको अलिअली प्यार छ...
र अब देखि त्यो प्यार पनि सिद्धिन तयार छ...

उस्ले तिमिलाई सम्झिन छाडेको बर्षौ भैसक्यो..
अब तिमिले उस्लाई सम्झिरहन बेकार छ ।

आफु बेचिन पनि सक्छौ मुटु बेच्न पनि सक्छौ..
तिम्रो त घरको नजिकै शहर बजार छ ।

यो सर्कारले यस्तो निति बनाइ दिएको छ..
यो देशमा 'एक घर एक बेरोजगार' छ ।

म तारा झार्न सक्दिन ए प्रेम गर्नेहरु हो..
भन यो मानेमा तिमिहरुको के बिचार छ ।

-Jeevan Sarowar.
अछाम

धेरै भयो कुरा नभाको हजुरसित-लेख कार्की.

गजल :-

धेरै भयो कुरा नभाको हजुरसित !
मनको बह पोख्न नपाको हजुरसित !!

रिसायौकि भनि खबर लेख्नु भएछ !
हैन हैन - छैन रिसाको हजुरसित !!

नानी खुब कुरा निकाल्छे अचेल भरी !
चिडियाखानामा घुमाको हजुरसित !!

थाहाछ..हजुरकी छोरी क्या बाठी भा'छे !
सोध्छे कतिछ माया बाबाको हजुरसित ??

हातमा फूलको थालि लिई हात समाई !
धेरै भयो मन्दिर नगाको हजुरसित !!

छिट्टै आएर लैजानुस घुमाउन लाई !
कति धेरै भयो नखाको हजुरसित !!

सपना पनि जिस्क्याउछ हिँजो आज त !
देख्छु सधैं सधैं निदाको हजुरसित !!

-लेख कार्की. "अन्योल"
खोटाङ्
 

भट्टी गई मजा सँग,तान्यो रोशन'ले-Roshan Khadka.

गजल

भट्टी गई मजा सँग,तान्यो रोशन'ले।
तिम्लाई भुल्ने ओखती, जान्यो रोशन'ले।

जीवन् साथी बन्छु भनी, तिम्ले ढाँटे पछी,
वोतलनै नयाँ साथी, ठान्यो रोशन'ले।

कस्तो पिडा दिईछ्यौ नी! तिम्ले कठैबरी!,
भक्कानीदै टेवलमा, हान्यो रोशन 'ले।

सकिएन सम्झाउन, बिचराको मन,
न त बुझ्यो न त भन्या, मान्यो रोशन'ले।

तिम्रो साथ नपाएसी, भौँतारिँदै आज,
शराबमा जिन्दगानी, झान्यो रोशन'ले।

@
Roshan Khadka. सहरे 8 दोलखा।

मेरा इच्छा र चाहना मरेर गए-दामोदर सापकोटा दामु

गजल-

मेरा इच्छा र चाहना मरेर गए!!
सानै देखिका सपना मरेर गए!!

माया भन्ने खेल खतरनाक रहेछ
यसमा परि कयौं जना मरेर गए!!

मरेकालाई समेत ब्युञ्झाउन सक्ने
मेरा शक्तिशाली रचना मरेर गए!!

अचेल कुनै बस्तुको मोह छैन मलाई
लाग्छ सांसारिक वासना मरेर गए!!

तिम्र कुनै कुराले फरक पार्दैन दामुलाई
तिमिप्रति भएका भवना मरेर गए!!
२०७०/०३/२६


-दामोदर सापकोटा दामु

चाहे जिन्दगी दाउमा राख-Manandhar Abhagi.

~~~~~ गजल ~~~~~

चाहे जिन्दगी दाउमा राख
चाहे तिमीले पाउमा राख

कसैलाई केही भन्नु छैन रे
जिन्दगी सही ठाउँमा राख

जिन्दगी आफ्नो अधिकार आफ्नै
विचारेर मात्र भाउमा राख

मल्हम लिपिष्टिक सम्झी रहेछौ
ओंठमा होइन घाउमा राख

पढ्न पठाएकी तिम्री छोरी
शहरमा बिग्रेछ गाउँमा राख ।

-
-Manandhar Abhagi.

जिन्दगीका पुर्जाहरुमा खिया लागेपछि-Rahasya Bikram Chimariya

गजल'

जिन्दगीका पुर्जाहरुमा खिया लागेपछि!
टुक्रियो दिल खुशीमा हँसिया लागेपछि!

परदेशको माहोलले तानी लग्दो रै' छ,
आफ्नो देशकोचलन घटिया लागेपछि!

न त्यो खेल खेल्नुमा न हेर्नुमा मजा हुन्छ!
कमजोरका बिरुद्ध बलिया लागेपछि!

बोल्ने नबोल्ने बोलिएछा के-के गरिएछा,
पिउँदा पिउँदै भट्टिको चिया लागेपछि!

जनतालाई खान लाउन कसरी पुग्छ ?
यही गरीब देश नै अधियाँ लागेपछि!


Rahasya Bikram Chimariya बिर्तामोड नयाँ बस- पार्क,झापा)

ओईलीयो गुलाब जोगाई राखेको-Mero Gaurab

ओईलीयो गुलाब जोगाई राखेको
बर्सिन्छ आँशु यि लुकाई राखेको

तस्बिर थ्यो साथी त्यो पनि माग्यौ
हेरेर चित्त यो बुझाई राखेको

पैसाले आखिर किनेरै लग्यो
सम्बन्ध मीठो बचाई राखेको

आज त धड्कन रोकेरै गयौ 
टालेर ह्दय चलाई राखेको

कि मारी जाउ कि पीलाउ बिष
जीबन तिम्रै भो चढाई राखेको 


-Mero Gaurab

दुई दिनको भेटथियो छुटयो त केभो--Binod Dulal


दुई दिनको भेटथियो छुटयो त केभो!!
कमजोर थ्यो नाता चुटियो त के भो!!


।आसैथिएन भाग्यमा छ भन्ने
,हारेकै कर्म थियो फुटयो त के भो!!


बास्ना दिने छन्दै थिएन यो फुलको
कोपिलामै असिनाले चुटयो त के भो!!


धन भय सजिलो हुन्थो केहिदिन झुलाउन

,थियन म सँग बिचरा थ्यो यहिमन लुटयो त के भो!!


।चाह थियो सँगै रमाउने जुनिजुनि
भाग्यले नै नराम्ररी कुटयो त के भो!!


मकियको डोरिथियो चुटियो त के भो।


-Binod Dulal