नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, March 22, 2015

मुक्तक- Nirmal Dhungana

मुक्तक  

जहाँ अति सुन्दर नदि, नाला र ताल भेटिन्छ
उकालै उकालो हिड्दै जाँदा हिमाल भेटिन्छ !!
सानो छ भन्दै तिमी एटलसमा खोजिरहन्छौ
धैर्य भई हेर ! मेरो मनमा ठूलो नेपाल भेटिन्छ !!

gajal -Ram Sharan Shrestha

मुटुलाई कारागारझैं, बनाइएको छ । 
अनि पूरै उस्कै तस्विर, लगाईएको छ । 
...
आज विशेष अतिथी आउनु हुनेछ 
मन सँगै मुटु पनि ओछ्याइएको छ । 
...
एकाकार मन सँग मन हुने बेला
प्रेमको मन्दिर पनि सजाइएको छ । 
...
प्रितको दिब्यता अपरम्पार हुन्छ 
लाग्छ होस र ढुकढुकि हराइएको छ । 
 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
२४ जुलाई २०१४

गजल- Jeevan Sarowar


गजल
छ यो मुटु भरीको प्यार हजुरलाई !!
किन चाहियो र?सोह्र श्रृङ्गार हजुरलाई !!

बाजुरामा चामल कहिले पुग्छ भन्नुस
प्रश्न गर्दैछु ए! सरकार हजुरलाई !!

पिएको बेलामा को भन्दा को कम
सुनाउदीन आफ्नो बिचार हजुरलाई !!

अब 'जीवन'को 'आन्दोलन' हुदैछ।
रुन दिन्न आमा बारबार हजुरलाई !!

जीवन सरोवर

gajal -Nakul Poudel

धेरै पटक च्याते ति तस्विर र चिठीहरु !!
तर कहिल्यै मेटिएनन् तिम्रा स्मृतिहरू !!

तिम्ले छोडेर गएपछि म पागल भएपछि
धेरै नाफामा गए यी गांउका भट्टीहरु !!

ए मलामीहरु,मुटुमा उनी छिन् नजलाईदिनु
बरू खरानी बनाईदिनु छाला र हड्डीहरु !!

सर्वेक्षण गरेर तथ्यांक नै निकाल्ने हो भने 
कति भेटिएलान् म जस्ता पागल प्रेमीहरु?

नकुल पौडेल 
युगीन साहित्य समाज, रुपन्देही

gajal -Badri Suvas

दौडि रहेछ जिन्दगी हावाको बहाबसंगै  !!
चल्दो रैछ यसरी समयको दबाबसंगै !!

पठाउनेले पनी के सोचेर पठायो कुन्नि 
छुरी राखि पठाएको रहेछ गुलाबसंगै !!

पक्राउ गरेपछि पुलिसले हत्यारालाई 
सार्वजनिक गरि दिएछ नकाबसंगै !!

बाबु छोरा दुई रोटी खान्छन् तिन कसरी 
यस्तो कस्तो सवाल सोध्यो उस्ले जवाफसंगै !!

पेरेममा त्यस्तो अनौठो कुन्नि के जादुछ होला 
रातारात बदलीयो प्रेमको लगाबसंगै !!

Thursday, March 12, 2015

गजल.... सागर भण्डारी 'बिभोर'

गजल....

पत्तै पाइन को गयो र, को आयो अँध्यारोमा !!
के जादू गर्यो कुन्नि लठ्ठै बनायो अँध्यारोमा !!

हात खुट्टा चिफ्लिएर लड्यो बेहोसी नै भयो
घायल बनाई उस्ले सबै सिध्यायो अँध्यारोमा !!

अन्जानैमा गलतिहरु के के गरें होला मैले
फकायो उस्ले मलाई बहकायो अँध्यारोमा !!

न त मस्त नीदमा थिएँ न त बिँउझेको थिएँ
समाएर सुस्त फाईदा उठायो अँध्यारोमा !!

ठिकै भयो की नहुनु भयो सोंच्दैछु म अब
खोज्दैछु ठेगाना मेरो दिल हरायो अँध्यारोमा !!

कैले रुवाउछ कैले हँसाउछ झुक्याएर
जिन्दगीले मिठो सपना देखायो अँध्यारोमा !!

सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि

गजल-रमेश् 'गोठालो'

गजल
सँधै हाम्रो टाउकोमा किन चिन्ता ठोकिन्छ 
न समस्या तर्किन्छ न जिन्दगी रोकिन्छ ।

पुराना पात नझरी नयाँ कहाँ पलाउँछन्
छोडिजाने को निम्ति ब्यर्थै आँसु पोखिन्छ 

यस्ता जीवन कथा छन् महामानव हरुका
तिमी हामी जस्ताले सुन्दै जिब्रो टोकिन्छ 

के-के गर्छन् गर्नेले पत्याउनै गार्‍हो छ
हामी भने स-सानै सफलतामा खोकिन्छ 

हल्लाउँदैनन् क्यै गरि खुट्टा तान्नेहरुले
जब गरि संकल्प कठोर लक्ष्य बोकिन्छ 

मुक्तक - फुच्ची जमुना

मुक्तक

फुल्दा - फुल्दै ओइलिएर झरे भने म
न हास्नु न रुनु मझधारमा परे भने म
आशु नझार्नु र नगर्नु पश्चाताप पनि
यदि, तिम्रै यादमा तड्पिएर मरे भने म

कविता -Masan Upasak


· 
कविता

आमा अर्थात देश / देश अर्थात आमा
ओ कवि जी,
कविताकै कोरियाग्राफी मिलाइरहें
अझै यो कविता किन सुन्दर देखिन्न हँ ?
मैले टेकेको बाटामा
अझै रगतको गन्ध आउँछ
उही उदास आँखामा मेरी भाउजु
ढोकाबाट सायद दाइ चियाइरहन्छिन्
रक्तिम क्षितिजतिर फर्किएर
मेरी आमाले साउदी हेरेको हुनुपर्छ ।
प्रत्येक दिन बाँझो खेतको डिलबाट
बाबाको सुन्दर सपना उडीरहेको हुन्छ
फुलमायाले सम्झेर प्रेमीलाई
एक्लै गुलावलाई लिएर खेलाइरहन्छे ।
यहाँ
पाठशाला पुगेका नानीहरु
उतै बलात्कृत भएर फर्किन्छन्
आफन्तबाटै रेटिन्छन् आफन्त
स्वतन्त्रताको उपयोगमा
रत्नपार्क सायद ग्राहक पर्खेर वसेकी छ
पसिना वगाएर पनि केही नहुने भो
च्यातिएकै कपडामा सोचीरहेछ मानलाल
चन्द्रमा छुने सपना भुलेर
हिरालाल मलेसिया उडेको छ ।
दिनभरी देशकै नक्सा बेचेर ज्यान पाल्ने
ए ! उर्मिलादेविहरु हो
कहाँ सकिन्छ र ?गाली गरेर लेशलाई
आकाशपट्टी फर्किएर थुक्न ।
मैले त मात्र भनेको हुँ
फर्क—वादलकै जोश लिएर
उठ—समुन्द्रकै ज्वाराभाटा जसरी
पुछ—बुढी आमाको आँसु
देऊ—तिम्रा परीश्रमी हातहरु देशलाई
ओ, विश्वासका सगरमाथा चढीरहेका
यही युगका सर्वोकृष्ट यात्रीहरु
माफ गर ! हामी आमालाई रुवाएर कहीँ पुग्न सक्दैनौ ।


gajal - Ditshaxa Sharma

किन पन्छिदैछौ तिमि,  जातलाई हेरेर।। 
सायद प्रेम पनि गरिन्छ, औकातलाई हेरेर।।

प्रेममा रुप खोज्यो कि या त खोज्यौ धन ?
सिक्नु पर्ने पाठ धेरै घातलाई हेरेर।।

निस्वार्थि रुख उभिदिन्छ -सजावटि पुतलिझै,
बस्छ आशमा झरिजाने पातलाई हेरेर।।

पाइला टेकेर हिडदा, ठोकिन्छ पक्कै,
भोगाईले पुय्राउछ अनन्त पाटो भाँतलाई हेरेर।।

फर्कि आउने प्रतिक्षामा दोबाटो फेरिएछ कि !
कुरि बसें  बिस्वासमा जोडिएका हातलाई हेरेर।।

पछ्यौरी पनि भिजेर- भुइमै झरिरहे आशुँ
म उज्यालो पर्खिन्छु,  यहि कालो रातलाई हेरेर।।


Ditshaxa Sharma



gajal -Sagar Bista

जब मसान घाटमा मेरो चिता हुन्छ !!
त्यहा यी बादरहरुको रमिता हुन्छ !!

नहुने कुरामा मन किन दुखाउछै यार
मन बहकाए भने गजल कविता हुन्छ !!

मेरो हातमा गजलको किताब हुन्छ
बाको हातमा रामायण र गिता हुन्छ !!

देउताको आचरण राम्ररी बुझेको छु
कसले भन्छ हरेक नारी सीता हुन्छ !!

gajal - Janak Kunwar


हुनु पर्यो हामिलाई मात्र एक थान हुनु पर्यो |
छिट्टै अब जनतालाई संबि-धान हुनु पर्यो ||

मोज गर्दैछौ नेताहो निमुखालाई लुटि आज ,
तिम्ले जस्तै पाउन सक्ने कि त बर-दान हुनु पर्यो |

कसो गरि बाच्ने कुन्नी यो देशमा शोषितले,
धनी जस्तै गरिबको नी उच्च शान हुनु पर्यो |

किन हुन्छ कुन्नी यहा उच निच धनी गरिब ,
शोषक झै पिडितको नी सम्-मान हुनु पर्यो |

बन्छ भने देश साच्चै आवश्यकता छ यहां,
हजारौ हैवान हैन एउटै मात्र ज्ञान वान हुनु पर्यो ||

जनक कुँवर (चिन्तन)
लम्किचुहा ६ कैलाली
हाल:पुणे माहाराष्ट्र भारत

गजल - नरेन्द्र नाथ (निशान)

गजल 

बिग्रीदै छन कामकाज हतार हतारमा ।।
यस्तै छ हिजो आज हतार हतारमा ।।

हेराईमा बुझाईमा नराम्रो नहुन सक्छन् ।
गलत लगाए अन्दाज हतार हतारमा ।।

कोठामा नानी रुदैछिन् या हासि रहेछीन् ।
नराम्रो सुनियो आवाज हतार हतारमा ।।

मायाको नाटक गरेकी रहेछीन् प्रियाले ।
खुलासा भएछ राज हतार हतारमा ।।

हो मैले उजुरी दिएपछि अदालतमा ।
फरार भैदीए धोखेबाज हतार हतारमा ।।

नरेन्द्र नाथ (निशान)

मुक्तक‬ - एल बि एस

मुक्तक‬
उन्ले मलाइ बारम्बार सताउँछे
सताउँन थुप्रै यादहरु पठाउँछे
म बार लगाउँछु यादहरु छेक्न 
र फेरी पनि उ बारलाइ हटाउँछे

एल बि एस
धादिङ

gajal -जे.सागर

सक्छौ भने हस्तरेखा मेटाएर देखाउ !
सुख मात्र मिल्ने भाग्य लेखाएर देखाउ |

के योजना गर्छौ मान्छे पुरा जिन्दगीको ?
भरे देख्ने सपना त बताएर देखाउ !

अनि मात्र तारिफ गर्छु तिम्रो विज्ञानको ,
लाश उठाई त्यसलाई जिउँदो गराएर देखाउ |

चाहे पुग अमेरिका ,चाहे साउदी कतार ,
ए परदेशी, याद बिना निदाएर देखाउ !

तिम्रा सबै काला कर्तुत माफि दिउला सरकार,
यसपाली साँच्चै बिधान बनाएर देखाउ |

तिम्रो प्यासको चुरीफुरी त्यो दिन हेर्छु मैले ,
एक निमेष मात्रै 'सागर' सुकाएर देखाउ !

जे.सागर
पेप्सीकोला,काठमाडौँ
हाल:आबुधाबी.यू.ए.ई.

gajal -गोबिन्द चन्द सोडारी


बुढिगंगा कैलाश खोला मेरा वरिपरी,..!!
कहिले होला कहिले नहोला मेरो वरिपरी,..!!

रमणिय स्वर्ग जस्तै मिलेको छ,..!
अछाम सुनको तोला मेरो वरिपरी,..!!

मेरो जन्मभुमी म खेले हुर्केको ठाउँ,..!
नबोला यतै छ नबोला मेरो वरिपरी,..!!

अहँ भुल्ने छैन कदापि मेरो अछाम,..!
याद आवोला नआवोला मेरो वरिपरी,..!!

जहाँ गएपनि फेरिने छैन बदलिने छैन,..!
झल्किनेछ अछामी चोला मेरो वरिपरी,..!!

गोबिन्द "समर्पण" मुम्बई

गजल: - Surya Khatri

गजल: 
संसारको धनी बन्थे आँसु बेच्न पाए
कती जाती हुन्थ्यो आफैँ भाग्य लेख्न पाए

कती दुख्न सकेको हो अभागिको छाति
फलामकै दिल रोज्थे यदी फेर्न पाए

अप्सरामा खोट होला लाग्छ तिम्रो सामु
स्वर्गै भुली बस्थे दैब तिमी भेट्न पाए

घात गर्‍यो बिधाताले भाग्य लेखी दिन
दैबलेनी दिन्छ चोट यहाँ हेप्न पाए 

नेपाली बहर \सबाइ
सुर्य खत्री "घायल"
सौल ~ दक्षिण कोरिया

गीत - Rohit Rana

गीत" - सामिप्यमा पाएँ तिमीलाई

हृदयको सामिप्यमा पाएँ तिमीलाई
चाहानाको मन्दिरमा पाएँ तिमीलाई ...
मेरो हर संगीतसंगै)२
गीत बनाइ गाएँ तिमीलाई)२

आँशु झारेकै हो बिछोड हुँदो तिमीबाट)२
बाचा थियो जनम- जनमसंगै जिउने साथ
माया म गर्छु तिमीलाई.. गर्ने छैन विश्वासघात
हृदयको....
धर्म सोचें धर्म -पाप सोचें पापी छ मन )२

एकोहोरो तिम्रै मायामा बल्झिदिन्छु किन झन् 
जाता हेर नि पाउँछु तिमीलाई ....पाइन आफैमा एक्लो पन



रोहित राना
बुटवल-१३, रुपन्देही
"Buddha was born in Nepal"

गजल- Kamal Sargam

· 
 · 
गजल
बनाइ रंगशाला मेरो मुटुलाई ।
हान्यौ तीखो भाला मेरो मुटुलाई 

यी दुस्मनहरुले के गर्दै छन् कुन्नि 
लगाएर सुनका बाला मेरो मुटुलाई 

आफ्नै साझा सम्पती झै मनोमानी गर्छौ
के हो मित्र तिम्रो चाला मेरो मुटुलाइ।।

टुक्रा टुक्रा किन पारिदै छ कुन्नि
बोलाएर खेताला मेरो मुटुलाई 

तिम्रै सहरमा तिमिलाई नै सुन उपहार
थमाउनुछ एस पाला मेरो मुटुलाइ 

किन किन डर लागि रहेको छ
कसले पकाएर खाला मेरो मुटुलाई 

©कमल सर्गम

गजल....सागर भण्डारी 'बिभोर'

गजल....

गुलाब कुल्चेर गयौ घृणा गरी पैतालाले !!
मुटु झिकि दिएँ मैले तुच्छ ठान्यौ अहम्ताले !!

तिम्रो गरिमा सुनेथें गलत रहेछ हल्ला
बेहोस् रहेछन् सबै यस्तो मादक नसाले!!

ति भ्रम सजीव भए चर्तिकला देखेपछि
के नै छ र भन्नु अब प्रश्न गरी आसंकाले!!

रहन्छर कैले सम्म चुरी फुरि यौवनको
के रहेछ त "बिभोर" चिन्ने छौ तब आत्माले !!

सागर भण्डारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि