नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Thursday, March 12, 2015

gajal -जे.सागर

सक्छौ भने हस्तरेखा मेटाएर देखाउ !
सुख मात्र मिल्ने भाग्य लेखाएर देखाउ |

के योजना गर्छौ मान्छे पुरा जिन्दगीको ?
भरे देख्ने सपना त बताएर देखाउ !

अनि मात्र तारिफ गर्छु तिम्रो विज्ञानको ,
लाश उठाई त्यसलाई जिउँदो गराएर देखाउ |

चाहे पुग अमेरिका ,चाहे साउदी कतार ,
ए परदेशी, याद बिना निदाएर देखाउ !

तिम्रा सबै काला कर्तुत माफि दिउला सरकार,
यसपाली साँच्चै बिधान बनाएर देखाउ |

तिम्रो प्यासको चुरीफुरी त्यो दिन हेर्छु मैले ,
एक निमेष मात्रै 'सागर' सुकाएर देखाउ !

जे.सागर
पेप्सीकोला,काठमाडौँ
हाल:आबुधाबी.यू.ए.ई.

No comments:

Post a Comment