गजल:
संसारको धनी बन्थे आँसु बेच्न पाए
कती जाती हुन्थ्यो आफैँ भाग्य लेख्न पाए
कती जाती हुन्थ्यो आफैँ भाग्य लेख्न पाए
कती दुख्न सकेको हो अभागिको छाति
फलामकै दिल रोज्थे यदी फेर्न पाए
फलामकै दिल रोज्थे यदी फेर्न पाए
अप्सरामा खोट होला लाग्छ तिम्रो सामु
स्वर्गै भुली बस्थे दैब तिमी भेट्न पाए
स्वर्गै भुली बस्थे दैब तिमी भेट्न पाए
घात गर्यो बिधाताले भाग्य लेखी दिन
दैबलेनी दिन्छ चोट यहाँ हेप्न पाए
दैबलेनी दिन्छ चोट यहाँ हेप्न पाए
नेपाली बहर \सबाइ
सुर्य खत्री "घायल"
सौल ~ दक्षिण कोरिया
No comments:
Post a Comment