नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Thursday, November 20, 2014

gajal __ Roshan Khadka

कोईको मुटू कोईको भने नाठो हुँन पुगेँ म।
न त लाटो न त खासै बाठो हुन पुगेँ म।
तिमी भन्दा अगावै म स्वर्गीय हुनू पर्थ्यो।
बाँची र'दा पिरतीको राँटो हुन पुगेँ म।
साथ दिन्छु भन्यो अनी घात दियो नभन्नू।
साथ दिन खोज्दा खोज्दै माटो हुन पुगेँ म।
माफ देउ मेरी 'आमा' गर्न केही सकिन।
केवल् तिम्रो मुटू भित्र टाटो हुन पुगेँ म।
सिमलूको भुवा जस्तै उडी दिदा जिन्दगी।
अर्थहीन गञ्तव्यको बाटो हुन पुगेँ म।
नयाँ साल आए पनी केही फरक् हुँदैन।
समय र जिन्दगीको फाटो हुन पुगेँ म।

४ शेर गजल__ Ramesh Kshitij Baral

मेरो मुटु हुन्छ छिया छिया यस्तै लाग्छ
हो तिमि बिनाको जीवन प्रिया यस्तै लाग्छ !!

मेरो मन मुटु यसरि समाएकी छ उसले
जस्तो टाँसिन्छ फलाममा खिया यस्तै लाग्छ !!

अघाएकाहरुको राजधानीमा बास छ
छ भोक्मारिमा बर्दिया यस्तै लाग्छ !!

यो त बैसको आवेग हो भन्नेहरु सुन
म रामविलाश उ मेरी धनिया यस्तै लग्छ

मुक्तक___बिस्व मल्ल 'समर्पित' बिमस


कोही मान्छे दरबारमा बेचिन्छ॥
त कोही मान्छे कारमा बेचिन्छ॥
तिमी भन्छ्यौ माया किनबेच हुदैन भनेर।
आजकल साचो माया हजारमा बेचिन्छ॥

gajal __ कृष्ण 'प्यासी'

सोँचे जस्तै हुने भए जिन्दगी यो खास हुन्थ्यो।
फक्रेको फुल टिप्न पाए को यहाँ उदास हुन्थ्यो।।

अर्पण गरी यो जिन्दगी माया मै दिन् विताएर
न्यानो काख्को आभास् पाए मन् पनि वतास हुन्थ्यो।।

पढ्यो खोस्टो सिरानीमा रिन्मा डुब्यो भौँतारियो
बाँच्ने आधार पाको भए कुन् नेपाली प्रवाश हुन्थ्यो!।

सधैँ आब्हान गरे यि दुई बाहु मायालाई
मेरो साथ्मा तिमी भए म जिएको आभास हुन्थ्यो।।

आफ्नो अनि आफ्ना भन्ने कर्तब्यले तय गर्छ।
सबै आफ्नै हुने भए के आफ्नै बाट त्रास हुन्थ्यो?

कृष्ण "प्यासी"
रुपन्देही।

gaajal - पल्लो ड्यांगको मुला

मलाई माया गर्नेहरु हतारमा भेटिदैछन् ।
तिमिलाइ माया गर्नेहरु बजारमा भेटिदैछन् ।।

यो दुर्भाग्य हुनसक्छ नेपालका जनताको
भ्रष्टाचारि शोषकहरु सरकारमा भेटिदैछन् ।।

जसले हिजो घात गर्यो सानो सम्झी अरुलाई 
उनिहरु जिन्दगीको मझधारमा भेटिदैछन् ।।

युद्दकालमा बेपत्ता भै हराएका सपूतहरु
हिजो आज आफ्नै घरको संघारमा भेटिदैछन् ।।

स्कुल गा'को प्यारो छोरो साँझ घर नफर्किदा
केबल यहाँ बालबालिका समाचारमा भेटिदैछन् ।।

©मृत्युञ्जय
०३ मङ्सिर २०७१
{आफ्नै कुटि }

गजल_ मुक्त उदास चितवन.

गजल___

किन उही चेहरा आउछ खयालहरूमा?
जवाफ खोजीरहेछु आफ्नै सवालहरूमा!!

त्यहाँ पक्कै मेरो देश मुस्कुराएको पाउछौँ
तिमीले विहानै हेर्नुपर्छ हिमालहरूमा !!

मलाई कसैको तलाश गर्नु छ यो गल्लिमा
र त आखाँ टाँसेर राखेकोछु झ्यालहरूमा !!

खानेकुरा लिएर आमा छिट्टै आउछु भन्छिन्
नानीहरू भोक बजारीराछन् थालहरूमा !!

बुझ्नुस् रोग लागेपछि जरूर मरिन्छ
किनकी महंगी बढेको छ अस्पतालहरूमा !!


------ मुक्त उदास
          चितवन....

gajal - सागर बिष्ट

मलाई लागि रहेछ डर कता-कता ! 
सोच्छु बाटो कता घर कता-कता !!

आफै मरेको सपना देखे हिजो मैले !
देखे मलामिको लस्कर कता-कता !!

यो सँसारमा थोरै नाम बटुल्ने !
मलाई पनि लाग्यो रहर कता-कता !!

मलाई गरिबमा प्ररिणत गरि दियो !
थियो धनी बन्ने नजर कता-कता !!

बुझ्नै सकिन कसको खोजिमा छन् !
मेरा बा आमाको सफर कता-कता !!

सागर बिष्ट
बान्नातोली ४ अछाम
हाल- भारतमा

मुक्तक - Ghanashyam Parishramee


साथी ! छक्कापन्जा जान्ने तिमी रैछौ
नाजुक दिलमा तिर हान्ने तिमी रैछौ
हिजो तिमीलाई दाहिने हात दिएथेँ
अाज मेरै खुट्टा तान्ने तिमी रैछौ

mukktak -उदासी राज



 · 
मलाई भुल्न सक्छौं र प्रिय
उ सँग डुल्न सक्छौं र प्रिय
मन भित्रै कैद गरेर राज
बाहिर खुल्न सक्छौं र प्रिय !!


gajal- Kamal Sangharsh


म राजि खुशी जादैछु जन्जिरमा ।
जस्तो भक्त गएको छ मन्दिरमा । ।

बुझाउनु थियो यसरी चित्त बुझाए ।
कहा पाईन्छ नलेखेको तग्दिरमा ।।

एक आखा खोल्ने आसमा गएकि आमा ।
दुबै गुमाएर आऊनु भो शिबीरमा ।।

ए जुन उदाईरहनु म हेरिरहुला ।
दाज्नु छ तलाई कसैको तस्बिरमा ।।

लाग्छ फुलको पनि भाग्य हुनुपर्छ ।
कसैको पैतालामा कसैको सिरमा ।।
रुक्मीणी शर्मा
गाज्रा अछाम

गजल- बाबु त्रिपाठीको


'बा' बाट साभार

रुन दे कर्नाली तेरो के जान्छ मेरो के जान्छ
नहोस् अन्नबाली तेरो के जान्छ मेरो के जान्छ

भोकले बालुवा खाइरहेछन् नानीहरु
भो नगरौँ गाली तेरो के जान्छ मेरो के जान्छ

धनीहरूले होइन् गरिबहरुले गर्ने हो
उकाली-ओराली तेरो के जान्छ मेरो के जान्छ

चराहरु पनि बासाई सरेर गएका छन्
उजाड भो डाली तेरो के जान्छ मेरो के जान्छ

कहीँ जातको नामले कहीँ धर्मको नामले
बाँडिए नेपाली तेरो के जान्छ मेरो के जान्छ

हाईकूहरु - लेख कार्की

 हाईकूहरु - 

जाँच्नेमा नर्स
गोप्य ठाउँको घाउ
थपियो पीडा !
बनेछ कोठी
सोल्टिनीको गालामा
हाँडीको मोसो !
मुसुक्क हाँसी
गोरुआँखे झिम्क्याई
चिन्नुन जान्नु !
फुरुक्क हुन्छे
अप्सरा जस्ती भन्दा
बाँदर्नी जस्ती !
गुन्द्रुके केश
चिम्पाञ्जी जस्तो फेस
रुपकी रानी !
गाग्रोझैँ भूँडी
तीन फिटको मान्छे
भन्छ म हिरो !
बधाई छ है
लेखीमागी कबिता
बनेछौ कबि !

gajal Ennocent Rajan

· 
 
छ जिन्दगी अन्योलतामा,अरु के भनौ?
..यस्तो अचेत अवस्थामा,अरु के भनौ?

हो,यसकारण छिर्दीन मधुशाला अचेल,
अतित दुख्छन प्यालामा,अरु के भनौ,,?

तिम्रा हर प्रश्नको,जवाब दिन सक्दिन म,
बस् बुझी-देउ,हेरेर आँखामा,अरु के भनौ?

प्रेमिका र देशमा त्याग्नु छ मैले एउटा,
दुख्दैछ मुटु यहि पिडामा,अरु के भनौ?

सरकारले बाको हत्याको फैसला सुनायो,
मेरै नाम परेछ हत्यारामा,अरु के भनौ?
-ईनोसेन्ट राजन

gajal -Kamal Sangharsh

भएन तिम्रो पारा ढुङ्गा हिर्काएर
कसरी झार्छौ तारा ढुङ्गा हिर्काएर?

अचेल याे सहरमा सिसाले पनि
चलाउछ गुजारा ढुङ्गा हिर्काएर

उन्ले दे’काे कलममा लेखेकाे थियाे
देश बन्दैन प्यारा ढुङ्गा हिर्काएर

तिमी बन्दुक चलाएर पनि निर्दोश
अनि म हत्यारा ढुङ्गा हिर्काएर ?

मन्ले मन्लाई सुटुक्क भन्न सकिन्छ
गर्नै पर्छ र ईशारा ढुङ्गा हिर्काएर ?

©कमल संघर्ष
ठुलासैन ,अछाम

गजल -Smile Gajurel‎ ·

· 

फेरी झगडा थाले बन्दैन संबिधान ।
निस्के हजारौं खाले बन्दैन संबिधान ।

किन चुनाब गरि छानियो सभासद?
बर्ष महिना टाले बन्दैन संबिधान।

प्राय: कांग्रेस अनि एमाले माओवादी
डाँका भन्नु भो बाले बन्दैन संबिधान ।

एक राजाले आफ्नो अस्तित्व सकि गयो
भए सम्पुर्ण भाले बन्दैन संबिधान।

बरु इशारा भित्र चल्छन् भारतको
छैन राष्ट्रको पाले? बन्दैन संबिधान।

ज्यान माराले न्याय पाएछ मान्छे मारी
जेलमा निर्दोष हाले बन्दैन संबिधान ।

चार बर्षमा माखो नमार्ने दलालीले
खेल मन्त्रिको चाले बन्दैन संबिधान।

gajal - Ennocent Rajan ·


बाधेर विस्वाशको सिमा,आखिर कै'ले सम्म?
राखौ जीवन बन्धकीमा,आखिर कै'ले सम्म?

देख्नेले त सुरक्षित देख्न सक्ला,मेरो आगँनपनि,
परेको छ घरै भुमरीमा,आखिर कै'ले सम्म ??

हो,शुल जस्तै रोपिएका छन,कसैका यादहरु,
यहि मुटुमा अनि छातीमा,आखिर कै'ले सम्म? 

निष्ठुरी!भो नपठाउ,तिम्रा निम्ता-पत्रहरु अब,
कुर्नु-कुराउछौ गल्लीमा,आखिर कै'ले सम्म?

यसै कारण रातहरु बिरुद्द मुद्दा चलाएको हुँ,
दुखोस मेरो देश सपनिमा,आखीर कै'ले सम्म?

-ईन्नोसेन्ट राजन

Saturday, November 15, 2014

गजल- Jeevan Sarowa


गजल
उस्ले फूलको बदलामा पत्थर पठायो।
पठायो चोटहरु जिन्दगीभर पठायो।।
छोराले बालाई बृद्धाश्रम पठाउने छ।
बाउले छोरालाई पढ्न शहर पठायो।।
"एकदिन मर्नुछ म देशका लागी मर्छु।"
यो कसैले प्रश्न बिनाको उत्तर पठायो।।
बर्षौ भैस्यो तुफानलाई चुनौती दिएको।
आज फेरी मलाई हावाले डर पठायो।।
सायद भोलि शुन्यबाट सफर थाल्नेछ ।
"जीवन"ले आज मृत्युको खबर पठायो।।

लघुकथा / अन्त्य"- जीवन 'पीडित' दहाल

"लघुकथा / अन्त्य"

जीवन 'पीडित' दहाल
अकस्मात मेरा छातीको देब्रेतर्फ दुख्यो कसैले मेरो मुटुनै लुछेर बाहिर निकाले जस्तै गरि ।
त्यसपछि के भयो मलाई थाहा भएन तर जति बेर मैले थाहा पाएँ त्यति बेर मेरो शरिर घोप्टे परेर लडि रहेको थियो र मानिसहरुले मलाई पल्टाएर उत्तानो पार्दा असैह्य पीडाले आक्रमित छातीमा मैले दहिने हातले बेस्सरी थिचेरहेको रहेछु ।
मेरो अबस्था देख्नासाथ अनुभवीले भनेको सुनें–‘गंगालाल अस्पताल–गंगालाल अस्पताल लैजाऔं । हार्ट अट्याक भएजस्तो छ ।’
मान्छेहरुले मलाई देख्न सकेनन् र मलाई छोडेर मेरो शरिर एउटा बाहनमा हालेर दौडिए । सायद अस्पताल लिएर गए होला ।
अनि म अकस्मात प्रचण्ड गुरुत्वाकर्षणको बलले तानिएँ तर कता तानिएँ भनेर म बताउँन असमर्थ छु किन कि मैले मेरो शरिर छोड्नासाथ म समयरहित र दिशारहित भै सकेको रहेछु ।
तर असमर्थताका बाबजुद पनि म परमपिता परमेश्वरका अघि अपराधिलाई उभ्याइए झैं उभ्याइएको भनें मैले थाहा पाएँ जहाँ परमपिता परमेश्वरका दायाँतिर जिसस मुस्कुराउँदै बसिरहनु भएको थियो । अनि मैले केही बोल्नु अगाबै परमेश्वरले अनुचरलाई आदेश दिदैं भन्नु भयो–‘यस फटाहालाई नर्क पठाउँनु यसले स्वर्गमा हामीसँग बस्ने अधिकार पृथ्वीमै गुमाएर आएकोछ ।’
परमेश्वरका बचनले मेरो मगज बेस्सरी हल्लियो अनि मैले नम्र भएर प्रश्न राखें–‘मैले कसरी अधिकार गुमाएँ परमेश्वर ? मैले हिन्दुधर्म ग्रहण गरुन्जेल सांसारीक जीवन ब्यतित गरेको भए पनि हिन्दुधर्मको परित्याग गरेर प्रभुका शरणमा आएपछिको मेरो सम्पूर्ण समय अर्थात जीवन हाम्रो धर्मको प्रचार गरेर र तपाई गुणगान गाएर ब्यतित गरेको हैन र ? अनि मैले के अपराध गरें र मैले स्वर्गको अधिकार गुमाउँन पुगें ?’
‘अगाढी फर्केर गुणगान गाए पनि पछि फर्केर गालि गरिस् नि त त्यसैले ?’–परमेश्वरले रहस्यात्मक उत्तर दिए ।
‘कसलाई गाली गरेर प्रभु ?’– मैले आफुलाई बेहोस हुनबाट बँचाउँदै प्रश्न गरें ।
‘इश्वरलार्ई’–परमपिता परमेश्वरको उत्तर थियो ।
जुरोपानी-४, झापा
हाल: काठमाडौँ |

gajal - Pawan Gharti Magar Bibash

फुल्नु मात्र जीवन हैन बाँस्न छर्न जान्नु पर्छ
जीवन हो सादा पाना रङ्ग भर्न जान्नु पर्छ!!

नदी जस्तै बग्छ जीवन दुखका ती भेल खेप्दै
दुखका ती भेल अनि जंघार तर्न जान्नु पर्छ!!

पाउनु मात्र प्यार हैन अन्तै खुसी मिल्छ भने
हाँसी-हाँसी पिरतीमा त्याग गर्न जान्नु पर्छ!!

कहाँ हुन्छ प्यार त्यसै करकाप र सहमतिमा
मनको मान्छे बनेर नै दिलमा सर्न जान्नु पर्छ!!

अमर हुन्छ उही सँधै जसले जगत भलो गर्छ
मीठो हुन्छ मृत्यु पनी आफै मर्न जान्नु पर्छ!!

gajal -Aunsiko Ratma Indraman AaTma


कसैले सिउदेा भरेपछि रमाउनु तिमि
तड्पिएर म मरेपछि रमाउनु तिमि !!

तिमि बिना एकै पल बाँच्न सक्दिन म
येा ज्यानले स्वर्ग तरेपछि रमाउनु तिमि !!

भर्याङ बिना नै त्येा अाकास चडदैछु अाज
त्यहाँ बाट म झरेपछि रमाउनु तिमि !!

तड्पिदै छट्पटिएर सास रेाकिएर
कात्रेा भित्र परेपछि रमाउनु तिमि !!

एउटा फुल पनि नराख्नु मेरेा लासमा
जलाउन सुरू गरेपछि रमाउनु तिमि !!

मुक्तक - Justt Praa BeEn

भन कसरी म तिम्रो लायक बन्न सक्छु
तिम्रो जीवनमा साथ दिने साहयक बन्न सक्छु
कती सलमान र शाहरुख मात्रै मन पराउछौ 
म पनि त तिम्रो दिल को नायक बन्न सक्छु

muktak- Kumar Singh Kc


को सही को गलत बिचार गर्न नजानेर 
छुट्यौ हामी गल्ती स्विकार गर्न नजानेर 
मैले धोका खानुको कारण यो पनी हो
जस्तालाई तस्तै ब्यबहार गर्न नजानेर!!

muktak - युवराज बन्दी


घाउ दुखेर रुनु फरक कुरा हो प्रिये 
चोट लागेर रुनु फरक कुरा हो प्रिये 
तिमीले वुझेनौ यी आखाको भाव 
शिर झुकेर रुनु फरक कुरा हो प्रिये! !

2)
बर्तमानले बिगतलाई भुलाउन सक्दैन 
ढुङगे बगरमा कमल फुलाउन सक्दैन 
तिम्रा खुदा मेरा भगवान जे जे पुकारे नि
चिहान बाट लाश उठेर आउन सक्दैन!!

Friday, November 14, 2014

gajal- Lokesh Dhungana

~~~Lokesh Dhungana को गजल~~~

हाल :काठमांडौ नेपाल

यो तातो जवानी न हुँदो हो त...!!
म जल्ने थे पानी न हुँदो हो त...!!

गजलकार पागल हुनै सक्दैन...!
अनौठो ! कहानी न हुँदो हो त...!!

म उँहिल्यै मरी सकेको हुन्थे...!
तिम्रो धड्कन सिरानी न हुँदो हो त...!!

हराएकि प्रेमीकालाई खोज्ने थिएनहोला...!
मेरो आँखाको नानी न हुँदो हो त...!!

तिम्रो धड्कनमा म कैद हुने थिएन...!
हाम्रो कुराकानी न हुँदो हो त...!!

किन बाले लौरोले लखेट्थे...!
अनमोल बैमानी न हुँदो हो त...!!

copyright:रचनाकारमा सुरक्षित

gajal - Rohit Rana



उहाँ त मेरो आफ्नै हजुर हुनुहुन्छ!!
संगीतको सबै ताल र सुर हुनुहुन्छ !!

दुस्मन को हो? साथि को हो? चिनेर 
मैदानमै छप्काउने बहादुर हुनुहुन्छ !!

कर्म निष्ठ कर्तव्य बिर्सिनु हुन्न उहाँले
स्वाभिमानी निडरताको प्रचुर हुनुहुन्छ!!

शान्त स्वभाव लगनशील र मेहनती
दिपक जस्तै बलिरहने मधुर हुनुहुन्छ !!

मैले त देउता नै बराबर मानेकी छु नि
कतिले ठान्दा रैछन् निकै झुर हुनुहुन्छ!!

gajal -क्रिष्ण राज सुबेदी


~~~ क्रिष्ण राज सुबेदी को गजल~~~

[बाल्मीकी बिद्यापीठ,प्रदर्शनीमार्ग काठमाडौँ]

दिनमा भेट्न पाइनौ भने रातमा भेट्न आउनु॥
एक्लै हून्छु आर्यघाटको खाटमाभेट्न आउनु॥

बाँच्दा मान्यौ सबको डर मर्दाखेरि आउला
बिन्ती गर्छु नजिकैको घाटमा भेट्न आउनु॥

सकिन है डोली ल्याउन खुसी भै बाँच
अर्कैसँग सुहागरातको मातमा भेट्न आउनु॥

खुसी हून्छु मरे पनि मेरो लास भँट्न आउँदा
मेरो लास हेर्न कोही कसैको साथमा भेट्न आउनु॥

gajal - रजनी पात्र



आजभोलि तिमीबिना बाँच्न सक्ने भाकी छु
को सही को गलत जाँच्न सक्ने भाकी छु

प्रेम गर्न सिकाएउ, पिडा खप्न पनि सिकेँ
आँखामा आँसु लुकाइ हाँस्न सक्ने भाकी छु

काँडाबिच फुल्ने गुलाफ सँधै मुस्कुराउँछ
गुलाफसँग काँडाको प्रेम दाँज्न सक्ने भाकी छु

पर्दैन अब मलाई कठ्पुतली बनी बाँच्न
जसो मादल बज्छ उसै नाँच्न सक्ने भाकी छु