नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 4, 2014

गजल- Badri Suvas


 · 


म आफ्नै मातापिता लाई महान देख्ने गर्छु 
र हर दुखी आत्मामा भगवान देख्ने गर्छु !!

तिमी सबै काममा समस्याहरू मात्र देख्छौँ
म ति हर समस्यामा समाधान देख्ने गर्छौँ .!!

सिर निहुराउदा तिमी अपमान ठान्छौ
त्यसैमा म आफ्नो आत्मसम्मान देख्ने गर्छु !!

तिमी पथ्थरमा फुलपाती चढाउने गर्छौँ
त्यही मन्दिर फुलको शमशान देख्ने गर्छु !!

No comments:

Post a Comment