नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

उपन्यासको अंश- संघर्ष क्षेत्रि


उसले फोन गर्दै गर्दा घरमा मैले खानाको भाग बसेको थिएँ ।
उसले फोनमा भन्दै थिई : - " प्रभात ! म तिम्रो हुन सकिन । सायद तिमीसँगको यो अन्तिम कुराकानि हुनसक्छ । मन त थियो तिमीसँग सँगै बाचुँ , सँगै मरुँ ।"
" नियतिसँग क्यै गरि नसकिने रैछ प्रभात ! खैर , कसरी मन बुझाउला मेरो अभावमा ?"
" मान्छेले अनेक सहनुपर्छ भन्छन् , तर तिमी त्यति कमजोर लोग्नेमान्छे होइनौं प्रभात ! आफुले आफैलाई समाल्ने प्रयत्न गर्नु !" - यति भन्दाभन्दै एक्कसी उसको श्वास रोकिएको हुनुपर्छ सायद ।
मैले टेकेको जमिन भासिएझै लाग्यो । खानाको भागमा पुनः हात जोर्न मन लागेन । डाको छोडेर रुन थालेँ । आमाले सम्झाउदै हुनुहुन्थ्यो , अहँ ! कसरी मन बुझाउन सकिदो रहेछ र ???
उ उता वीर हस्पिटलको शय्यामा छट्पट्याउदै थिई ।
" म त बाच्दिन होला प्रभात ! तर दुखी नहुनु ।"- तीनदिन अघि उसले यस्तै भन्दैथिई ।
मैले एकाएक उसलाई प्रेमप्रस्ताव गर्दाको क्षण/ उसङ्ग रमाउदै उसको हात समाउदै घुमेको / उसलाई चुम्बन गरेको कुरा कुमालेको चर्खाझैँ एकपछी अर्को गर्दै रिङ्न थाले ।
केही सोच्न सकिन । बेहोस हुन पुगेछु ।
पछि म होसमा आउँदा घरको पिँडिमा पाएँ ।

No comments:

Post a Comment