नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

¤गजल -रमेश् 'गोठालो' ·

¤गजल¤
सपनामा उँधो उँधो झरेको पो देख्छु
कैलेकाहिँ त म आफैँ मरेको पो देख्छु ।
कहाँ गए हौसला ति कता गयो जोश
निराशा यो मनमा बसैँ सरेको पो देख्छु ।
हाँसो खुशि सुख रेट्यो समयको धारले
आफ्नै गर्दन अचानोमा परेको पो देख्छु ।
टिक् टिक् टिक् टिक् के भन्दैछ टेबुलमाथी घडि
समयले आयु खोस्दै गरेको पो देख्छु ।
रङ्ग बिहिन् हुँदै गए हातका हस्तरेखा
भाग्यपनि परपरै टरेको पो देख्छु
अँध्यारोले सुस्त सुस्त ढाक्दै छ यो जिवन
उज्यालो त क्षितिज पारी तरेको पो देख्छु ।

No comments:

Post a Comment