नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

unknown kabitaa




रगत दिएको?
मेरो किड्नी ड्यामेज हुदा उसको
बाबुले मलाई दिएको?
हामी बिच त अब
रगतको सम्बन्ध छ
हामी के नामको आधारमा दूर हुन्छौँ?
के उसलाई पोल्दा मलाई पोल्दैन
के सरकारी जागिर खानु मेरो दोष थियो?
टुप्पि कसेर म पढ्न बस्ता
उसको बाबु बाघ सँग लडाइ गर्थियो
त्यसैले उ बहादुर भयो
उसले छातीमा तक्मा भर्यो
घर सार्यो धरान
मैले बैक भरे घर सारे काठमाण्डौँ
फरक यति हो
उ अरुको देशको लागी लड्यो
म आफुलाइ पाल्न लागे
आज उसको फोटो बहादुरहरुको साथमा छ
मेरो फोटो शिंहदरवारमा छ
उ बलले चिनियो
म पेशाले बुद्धिले
आखिर उ जति परचित म उति
अनि उ र म मा के फरक
उसलाई मार्ने कालनै त मेरो पनि
उसले पिउने पानीनै त हो मैले पिउने पनि
बाबु तिमीले बुझ्न सक्ने छैन
मेरो र तिम्रो बाबुको दोस्ती
भो अल्पज्ञानमा फुट नल्याउ
सक्छौ भने मिलेर जाउ
नसके कम्तिमा फुटेर होइन
यो देश मेरो मात्र होइन
तिम्रो पनि हो
यो देश तिम्रो मात्र होइन
मेरो पनि हो
एकता होस् जय होस् ।।
Unknown

No comments:

Post a Comment