नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 4, 2014

गजल -Khakendra Saud Samarpan


पत्थरमा प्रेम फल्न अलि गाह्रो छ
मान्छेको दिल बदल्न अलि गाह्रो छ!!

तिमी काडा बोएर फूल को आसा राख्छौ
मेरो बिगत ओकल्न अली गाह्रो छ!!

बाटो बिराएर आउन न खोज्नु कसैले
जिबनको बाटो चल्न अली गाह्रो छ!!

स्थान बदलेर भुगोलमा दुरि त ल्याईएला
तर यीँ याद बाट टल्न अली गाह्रो छ!

तिमी कर्यौ श्रृङ्गार गर कयौ लुगा फेर
अनुहारमै म फिसल्न अलि गाह्रो छ!!

No comments:

Post a Comment