नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, November 14, 2014

gajal - Madhav Dahal



(अभिनव साहित्य समाजको साहित्य गोष्टिमा उत्कृष्ट भएको गज़ल)

चाबी पनि उनैसित ताला पनि उनैसित!!
त्यसैले त गोरा पनि काला पनि उनैसित!!

म त गवार कुरुप छु, नाम मात्र सुन्दर हो
गुलाबी ओठ स्याउ जस्ता गाला पनि उनैसित!!

न छ टेक्ने आधार मेरो न समाउने हागो नै छ
सुनै सुनका बाला पनि माला पनि उनैसित!!

सयपत्री मखमली फुल्छन मेरो दिलभरी
मुटु घोच्ने बचनका भाला पनि उनैसित!!

प्यासी छु म तिर्खाएर तड्पिरहेको छु यहाँ
तिर्खा मेटने भरिएका प्याला पनि उनैसित !!

No comments:

Post a Comment