नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 4, 2014

गजल-Purna Kanchha Grg

मेरो बेस्सरी मन, दुखेको छ साथी
झर्यो आँशु आफ्नै, छुटेको छ साथी !!

सक्या छैन बुझ्नै, खबर के छ होला ?
खुशी खोज्न मुग्लान्, पुगेको छ साथी!!

जलाएर यो मन, बनाए नि माटो
टेकी मटोमा नै, उभेको छ साथी!!

न देखे कसैले, न भेटे कसैले
खुलेको छ पर्दा, लुकेको छ साथी!!

जवानी शहरमा, रमाएर उसले
सँगै खेल्ने खाने, भुलेको छ साथी !!

No comments:

Post a Comment