नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

गजल- मुना सिग्देल


गजल
यो समय यसरी अन्जान भएको छ!
धेरै पछि यो कुराको ज्ञान भएको छ!!
दिल दिमाख को यूद्दमा हारेकी छु!
मेरो एक ईच्छाको बलिदान भएको छ !!
के सुनाउ यो परदेशीको कहानी!
जिबन लिलामीको सामान भएको छ!!
हाम्रो आँगन टेकेर ढल्छ बूढो साँझ!
हाम्रै आँगन टेकेर बिहान भएको छ!!
ए पृय कुन नाताले लेखौँ तिमीलाई!
यो कलम सोचेर हैरान भएको छ !!

No comments:

Post a Comment