नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 4, 2014

गजल -पल्लो ड्यांगको मुला

बोतल थियो हातमा बहाना'थ्यौ तिमी
करोडौको दिलमा चाहाना'थ्यौ तिमि ।। 
घाम हेर्दै पिउछु जुन हेर्दै पिउछु
जता हेर्यो त्यतै सिमाना थ्यौ तिमी
उर्दि गर्यौ जब मलाई समात्ने
दिल चोर्ने कैदी म त थाना थ्यौ तिमी ।।
भए रित्तो रित्तो च्यातिदा किताबै
मेरो जिन्दगिको पाना 'थ्यौ तिमी ।।
©मृत्युञ्जय
१७-०७-२०७१

No comments:

Post a Comment