नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 4, 2014

कविता 'जिवनमा नवरंग' -Chintan Yatri

जिवनमा नवरंग
दुईवटा ढुङ्गा बेजोडले ठाेके
आगाे निस्कन्छ
समस्याहरुका खातलाई
समाधानकाे हेम्मरले ठेाके
जिवनमा गन्तव्य भेटिन्छ
तिमी पहिचानकाे भाेकाे हाे भने
- आफैलाई खन्दै
-आफैलाई पुर्दै
-आफैलाई पाेख्तै
- आफैलाई उठाउँदै
- आफैलाई केलाउँदै
- आफैलाई छान्दै
गर
तिम्रो प्रतिस्पर्धी तिमी नै हाे
किन कि तिमी भित्र
-अल्छी र जागरकाे संग्राम चल्छ
-निन्द्रा र कायरताले पाैठेजाेरी खेल्छ
तिनै अल्छी
तिनै निन्द्रा
अनि कायरता संग तिमी आफै
-जाेश
-जागर
-उत्साह
-उमंग
-अठाेट
-दृडता
-निरन्तरता
रुपि अस्त्रले बज्र प्रहार गरेर
तिमी आफै विजयी बन्नु छ
तिमी आफैले फूलका माला उन्नु छ
अनि
आफैले आफूलाई विजयकाे माला पहिर्याउँनु छ
जब तिमी
तिम्रा धारिला अस्त्रहरुमा
सधै साँध लाउँछाै
तब तिमी अवश्य उचाइमा पुग्दछाै
गति र गन्तव्य भेट्दछाैं
हाे तिमीलाई लाग्छ
साथी संघी मेरा प्रतिस्पर्धी झैं
तर
तिमी भित्र तिमी नै एक जिवन्त प्रतिस्पर्धी हाै
किन कि
तिम्रो दायाँ मस्तिष्क

तिम्रो बाँया मस्तिष्क
विचमा युध्द नै चर्कन्छ
एउटा कर्मशिल बन भन्छ
अर्को आलश्य गर भन्छ
त्यसैले त
दायाँ र बायाँ मष्तिकलाई
मनरुपि दरिलाे तारले बाँधेर
तिमी लक्ष्यमा ड्ट्नु पर्छ
तिमीले जिवनमा नवरंग
ल्याउँनु पर्छ ।
*चिन्तन यात्री लेखन यात्रामा

No comments:

Post a Comment