नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

gajal- अम्बिका प्रसाद बन्जारा





संबिधान बन्दैछ रे हेरौं अब केके छापिन्छ |
बिचार गर्दै गर्नुहोला युवालाई कहाँ राखिन्छ |

**
अचेल यस्तै समाचार अखबारमा आउँदैछन '
नेताजीले भने'रे जात जातलाई शहर बाँडिन्छ |
**

बाँदरले न घर बनाउँछ न बनाउन दिन्छ ''
र त अग्रगामी पाइला पनि बिचैमा तानिन्छ |
**

जात जातलाई उचालेर चर्चित भए थुप्रै यहाँ ''
जातिएता बाल्ने कागज अब अबस्य च्यातिन्छ |
**

वाहाँ भन्नुहुन्छ फेरी राजतन्त्र फर्किन्छ हरे ''
तानाशाही बिरुद्दमा सरकारको धारणा मागिन्छ |

**
शाथिभाइ भन्दै थिए 'बन्जारा' अब नेता बन्छ ''
तालपरे शाथिहरु संसद भबन पक्कै चाहारिन्छ |


‪#‎अम्बिका_प्रसाद_बन्जारा‬ 'मोहनपुरे'
२०७१/ कार्तिक / २०
 

No comments:

Post a Comment