नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 4, 2014

गजल-Jagat Lama

 

गजल
चाहीएन अर्को संसार पर्दैन भो अब मलाई ।
यो भन्दा बढी अरु प्यार पर्दैन भो अब मलाई ।

तिमी सँग लेकबेशिमा जीउनलाई सिकेको छु,
भुगोलको सिङ्गो आकार पर्दैन भो अब मलाई ।

चाँप चाम्पा चमेली त लजाउँछन तिमी हाँस्दा,
सौदर्यको अर्को बहार पर्दैन भो अब मलाई ।

तिमी सँग सँगै हुँदा दु:ख सागर केही होइन,
वालुवाको ढोर कि-नार पर्दैन भो अब मलाई ।

अँधेरिमा मेरो जुन मझेरिमा भेट।-उँछु,
भाग्य साँच्न ठुलो निधार पर्दैन भो अब मलाई । 

फाक फोक -४ , ईलाम

No comments:

Post a Comment