नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

मुक्तक - Asmi Gm

पैसा ,बैंश उनको कुरा 
कति गर्ने जुनको कुरा?
आउ गरौं आज थोरै
जन्मभुमि खुनको कुरा

गजल- विवश एस.वि

 
तिम्रै अभावको सुनसान सहरमा छु।
संगै जीउने मर्ने कसम रहरमा छु।
दिन ढाल्छ अनि बास जमाउँछ अधेरीले ,
तिम्रै आगमनको रात्रीकालिन प्रहरमा छु।
किन आउँछ तिम्रो याद असरल्ल हुने गरि, 
तिम्रा तिनै यादहरुको लहरमा छु।
कत्ती कुरुँ तिमिलाइ मनको चौतारीमा,
अमृत लग्यौ तिमिले र त जहरमा छु।
सुनेको छु दिन सबको आउँछ रे,
तिम्रो चोखो माया पाउने म ठहरमा छु।

विवश एस. बि
हेटौंडा मकवानपुर 
हाल बनेपा -१०

gajal- बिरोध 'फकीर'

 
 
गाई पालिन्छ अनि केही भैंसी पालिन्छ।
गाउँमै गएर यस्तो एउटा ईलम थालिन्छ।।

गोबर मलले उब्जनी बढिहाल्छ बारीको,
दाउरा काट्नु परेन गोबर ग्याँस बालिन्छ।।

शुद्द भनिन्छ दूध अलि महंगोमा बेचिन्छ,
दुहुनु अगाडि ढुँङ्ग्रोमा नै पानी हालिन्छ।।

दिन दुई गुना रात चौ गुना कमाए पछी,
मलाई बिग्र्यो भन्नेहरुको मुख टालिन्छ।।

मैँ हुँ भन्ने च्याँखुरी नि मर्नेछन मेरा लागि,
मनले खाकी रोजिन्छ घरबार बसालिन्छ।।

 

gajal- Ram Sharan Shrestha

को को थिए मेरा साथी याद गर्न दिनुस्
को को भए बिश्वास घाती याद गर्न दिनुस्
..
मान्छे पनि दुनियाँ पनि बदलियो हेर्दाहेर्दै
को को वारि को को पारी याद गर्न दिनुस्
..
बर्सौ पहिले कसैलाई छोडी आएको थेँ
सम्झिरहने उस्को बानी याद गर्न दिनुस्
...
नफर्केको धेरै भयो मेरो प्यारो गाउँ घर
आज सारा काम छोडी याद गर्न दिनुस्
 
राम शरण श्रेष्ठ 
चिसापानी रामेछाप 
12-12-2014

gajal -रमेश् 'गोठालो'


शुरुमा मन्दमन्द आउँछ  !!
बिस्तारै क्या आनन्द आउँछ !!
नशा झैं भएको छ पीडा त
लट्ठिन्छु जब गन्ध आउँछ !!
राग छ सुर भित्र सुरिलो 
बोकेर मीठो छन्द आउँछ!!
खुसीको वर्षा लाग्छ खडेरी 
पिडामै पो वसन्त आउँछ !!
लिएर मीठो दर्द आफुमा
लुकाइ खुशी अन्त आउँछ!!

gajal- मोनिका (रजनी पात्र)

जिन्दगानी बिहानिको शित सम्झिएँ !!
आज फेरी मैले मेरा अतित सम्झिएँ !!
हिजो हँसायौ आज रुवायौ मलाई
यही रहेछ मायाको रित सम्झिएँ !!
रोएरै बित्ने भयो अब बाँकी जिवन्
आँसुलाई नै मेरो मनको मित सम्झिएँ !!
जिवन र मृत्युको दोसाँधमा हारे पनि 
तिम्रो खुशी यो जिवनको जित सम्झिएँ !!

.
मोनिका (रजनी पात्र)

mukktak- Roshan Sahityapremi

तिमी हाँसेउ र त म हासे
तिमी नाचेउ र त म नाचेँ
मर्नुको अर्थ खोज्दैथेँ म त
तिमी बाँचेउ र त म बाँचे ।।

रोशन साहित्यप्रेमी
बडहरे-९, खाेटाङ

gajal- Prashna Prashna

नजरैको झटाराले हान्यौ र पो नजीक सरेँ !!
खै मोहनीले होला तान्यौ र पो नजीक सरेँ !!


 नत्र कहाँ भागी भागी आउँथे र म
केही पलमै तिमले आफ्नै ठान्यौ र पो नजिक सरेँ !!


कामुक नजर बाटै ईशारामै तिमीले
मेरा ईछ्छा चाहनालाईजान्यौ र पो नजीक सरेँ !!


थोरै लजाउने अनि धेरै रिसाउने
छुच्चीलाई रामप्यारी मान्यौ र पो नजिक सरेँ !!


चन्द्रमुखी छन् कोहीकोहि शुर्यमुखी
तैपनी हजारौँमा छान्यौ र पो नजिक सरेँ  !!

gajal- Fucchi Anju

 
 
साथ छोड्नु अघि मलाई जहर पिलाई मारिदिनु !!
सवाल पक्कै आउछ होला बहानामा टारिदिनु !!
नजिकबाटै मेरो लास मलामीले बोकि लादा
गोही आशु किन नहोस् दुई थोपा झारिदिनु !!
घाटमा तिमी नआएनी तर पनि टाढै बाट
तिम्रो नामको एउटा फुल चित्ता माथि पारिदिनु !!
तिम्लाई घरमा झुट बोल्नलाई पक्कै गाह्रो हुन्छ 
बिरामीको नाटक गरी दुई छाक जुढो बिरिदिनु !!
आउन हक्छु याद बनेर झ-झल्कोमा कहिले काँही 
अंगालेर वर्तमानलाई अतित पर सारिदिनु !!

‎मुक्तक‬- एल.बि.एस

प्यार हो या हतियार बुझ्नै सकिएन
सताउँछ यार लगातार बुझ्नै सकिएन!
एकैछिनमा हसाउँछ अनि फेरि रुवाउँछ
खै कस्तो हो यो आकार बुझ्नै सकिएन !!

एल.बि.एस

गजल- जीवन सरोवर

टुहुरा ले आँशु झारीरहेछ।
मुटुमा दुःखको भकारीरहेछ।।
भोकको ईलाज जहर पठाएर।
सर्कारले गरिबहरु मारीरहेछ।।
भट्टि र चोक चोकमा आन्दोलन हुने।
मुख्य कारण त बेरोजगारीरहेछ।।
बिहान कलेजो साँझ मुटु बेचेर।
गरिबले दुईछाक टारीरहेछ।।
अचेल मन्दिरहरु भत्काउदै हिड्छ।
उ एक जमानाको पुजारीरहेछ।।
जीवन सरोवर
अछाम रानिबन
हालःनेपालगञ्ज

गजल -माधव दाहाल ‘निश्छल’

 
रच्छयानमा फ्याक्या पुष्पगुच्छा भयो संविधान !!
हात्ती आयो हात्ती आयो फुस्सा भयो संविधान!!
यौटा टेबल ठटाउछ अर्को मुड्की उज्याउछ
केटाकेटी लड्दै खेल्ने गुच्चा भयो संविधान!!
यौटा संघियता भन्छ अर्को धर्म निरपेक्ष
पार्टी–पार्टी फुटाउने छुच्चा भयो संविधान!!
पाँचतारेमै लन्च गर्छन डिनर पनि पाँचतारेमै
लाखौँ तलवभत्ता, मोहर सुक्का भयो संविधान!!
संविधान जे सुकै होस् कुर्सी सर्वैसर्वा हुन्छ
सरकार भो एक्का बास्सा, दुक्का भयो संविधान!!
जति मिति थपे पनि बन्ने छेकछन्द छैन
आकासको फल हेरेरै मर तुक्का भयो संविधान!!

माधव दाहाल ‘निश्छल’

gajal-©बाबु त्रिपाठी

गफाडिहरु अाउने खबर अाइपुगेकाे छ  !!
विरबल अाउदै छन अकवर अाइपुगेकाे छ!!
अब छाेराे हराएकाेमा चिन्ता हुने छैन
कफिनमा बाधिएर उ घर अाइपुगेकाे छ!!
नपिउनु भन्छे उ पिलाउछु भन्छ उ
कसरी नपीउ अवसर अाइपुगेकाे छ!!
यहा पिरती लाउन कला चाहिदाे रहेछ
उ पिरती लाएर भर्खर अाइपुगेकाे छ!!
के साेचेर हाे त्याे सुदुर गाँउकाे अाकास 
रात्रि बस चढेर सहर अाइपुगेकाे छ!!

  ©बाबु त्रिपाठी

gajal -कोमल भट्ट

जिन्दगानी कहिल्यै पनि,नटुङ्गिने यात्रा रैछ !!
सधैँ घुम्छन् दु:ख सुख,नरित्तिने यात्रा रैछ!!


आनन्द र हाँसो बिना,रोएको छ डाँको छोड्दै
अनन्त यो पीर व्यथा,नछोपिने यात्रा रैछ!!


अस्तव्यस्त पारेकाछन्,समस्याले घेर्दै घेर्दै
जति मरिमेट्दा पनि,नसुध्रिने यात्रा रैछ!!


छुट्टिएर सहयात्री लागे,आफ्नै गन्तव्यमा
कहाँ कहाँ पुगे होलान्,नभेटिने यात्रा रैछ!!


बोक्नु पर्ने गह्रौं भारी,ठाउँ छैन बिसाउनलाई
लगातारै दौडेको छ,नरोकिने यात्रा रैछ !!


एकादेशकै कथा भए,पुराना ती आत्मीयता
बिर्सी सके "कोमल" मन,नसम्झिने यात्रा रैछ !!

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
आश्विन १४,२०७०

gajal -Badri Suvas

भाग्य कर्म कसैको पनि आयातित हुदैन ।।
पाप र कुकर्म गर्नेको कहिल्यै हित हुदैन ।।
हावामा त पात हरु पनि उडेका हुन्छन्
तर तिनिहरुको गन्तब्य निस्चित हुदैन ।
जिन्दगि जिउनुपर्छ भबिस्य भोग्नुपर्छ मैले ।।
जन्मिनु निस्चित छ मृतु अवस्थित हुदैन ।
बिगत मलाई थाहाछ बर्तमान आखै अगाडि ।।
तर भबिस्य कस्तोहुने कतै निर्धारित हुदैन ।
यदि श्रोताको मन मुटुलाई छुन सकेनभने
''सुवास'' बुझ्नु त्यो गजल हुदैन गित हुदैन ।।

बाजेका दन्त्यकथा - जि. एम. दिपु देपेन्द्र

लघुकथा ( शिर्षक :- बाजेका दन्त्यकथा )

  ऊ आऊथ्यो ! मेरो ईनबक्स र कमेन्ट बक्समा घरिघरी आऊथ्यो ! केही शब्दहरू कोरेर मलाई देखाऊथ्यो, अनि भन्थ्यो "सर, मलाई गजल मुक्तक लेख्न सिकाईदिनु ?" मैले जाने जति सिकाईदिन्थे ! ऊ 'तपाई सॉच्चै महान हुनुहुन्छ' भन्दै जान्थ्यो ! मैले केरमेट गरिदिएका रचनाहरु आफ्नो प्रोफाईलमा टॉस्थ्यो ! धेरथोर लाईक र कमेन्ट आऊथे ऊ फुरुगं पर्थ्यो !
     समय अगाडी बढ्दै जॉदा गजल मुक्तकका बारेमा ऊ आफै केही बूझ्ने भएछ ! ऊसका रचनाहरुमा लाईक र कमेन्ट बढ्दै गए ! हुन त यो फेसबुकमा लाईक र कमेन्ट ऐचोपैचोमा पनि चल्छ ! जे होस् ऊसको नाक लामो बन्दै गयो ! अब ऊ म बाट तर्किन थाल्यो ! ऊसले मलाई सम्बोधन गर्ने 'सर' शब्द 'सहर' गयो !
म पनि लेख्थे, कहिले मन लगाएर त, कहिले समय कटाऊन मात्रै भए पनि,:- फेसबुकमा केही रचनाहरु ! यस्तैमा, एकदिन मेरो गजलमा ऊसको नामबाट कमेन्ट आयो ! कमेन्टमा लेखिएको थियो ! "नाईस ब्रो, यो चॉही गजल हो !"
भोलिपल्ट ऊसले गजल पोष्ट गर्यो ! मैल आज ऊसको गजल नहेरेरै पर्तिक्रीयामा लेखिदिए "वाह् सर, नाईस, यो चॉही गजल हो !" ऊसकै पर्तिक्रीयामा 'वाह् सर' थपेर !
१५ मिनेटमा ऊताबाट मेरो नाममा एऊटा कमेन्ट मेनटेन भयो ! माऊसले क्लिक गरेर हेरे, त्यहॉ लेखिएको थियो :-
"अनि ब्रो, हिजो अस्ती मैले लेखेका गजलहरु चॉहि, गजल नभएर, तिम्रो बाजेका दन्त्यकथा थिए त ?"

© जि. एम. दिपु देपेन्द्र
_______खोलागॉऊ, रुकुम

गज़ल:-Komal Bhatta

कोमल गज़ल:-

यो जिन्दगानी अखानो रैछ
कोही छैन जस्तै बिरानो रैछ ll
टुक्रिन्छ छाती आफन्तबाटै
आघात खप्ने अचानो रैछ ll
मिल्दैन काहीँ दिलासा चोखो
तड्पिन्छ रोजै भकानो रैछ ll
थुप्रिन्छ घोच्कातबर्का मात्रै
फोहोर फाल्ने रछानो रैछ ll
सम्पन्नतामा 'हजूर' भो सबको 
सम्मान गुम्दा 'फलानो' रैछ ll
बज्दा त हुन्थ्यो अत्यन्तै प्यारो 
बज्दैन थोत्रो पियानो रैछ ll
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

haaiku- लेख कार्की

१)
कुल्चेर हिड्छन् 
नालायक सन्तान
आमाको छाती !
२)
दुष्ट मान्छे हो 
बलत्कार नगर 
देशको नक्सा ।
३)
हेल्लो नेता ज्यू 
संविधान आउँछ ?
जिज्ञासा हाम्रो ।

gajal - फुच्चे सागर

३ सेर बहादुर
सुमसाम मध्य रातमा मेरा बा कहाँ जान्छन् । 
टुकी बालेर साथमा मेरा बा कहाँ जान्छन् ।।
महात्मा गान्धी बन्छु म देश बनाउछु भन्दै । 
लाठि समाएर हातमा मेरा बा कहाँ जान्छन् ।।
आमा पिरले गह भरि आँसु खसाई रुन्छिन् । 
नशा पिएको मातमा मेरा बा कहाँ जान्छन् ।।

फुच्चे सागर

gajal- -बिनोद केसी

जुन दिन तिम्ले मलाई छोडेको आभास हुनेछ/
सम्झ केही पललाई तिम्रो नामको शास हुनेछ//
कत्ती चल्ला खै तिम्रो पर्खाईमा यो ढुकढुकी/
नदेख्दै तिम्ले मलाई पोल्छन कि त्रास हुनेछ//
खै कस्लाई भनु म| बोलाई देउन मेरी उनलाई/
आई पिलाई दिए पानी तेही मलाई खास हुनेछ//
पाए सन्देशमा नपाए बाडुल्की मै धाउनु तिमी/
छिट्टै आउ हेर्न मलाई भोली देखी मलमास हुनेछ//
सक्छौ लेराउ जाई जूई चढाउन मेरो लाश माथी/
नगर्नु अबेर तिम्ले फेरी मेरो खरानीको रास हुनेछ//
 
-बिनोद केसी

Saturday, January 3, 2015

गजल -रहस्य बिक्रम चिमरिया

यो महशुष गर्छ मन रहर बोकेर।
अब गन्तब्यमा पुग्नु छ सफर बोकेर॥

लाग्छ उनलाई छोएर यो हावा आ' को छ,
सयौँ क्षितिज पारिबाट खबर बोकेर॥

मेरो सपनाको बिरुद्धमा मेरो बाटोमा,
मेरै नियती उभि दिन्छ पत्थर बोकेर॥ 

बर्षौँदेखि अभावकै पाइला चालिरा'छु,
दुःखहरूले भरिएको ढाकर बोकेर॥

ब्यर्थ मलाई मार्न सुनामी नपठाउँनु,
रहस्यको डुंगा पौडन्छ सागर बोकेर॥

रहस्य बिक्रम चिमरिया
बिर्तामोड झापा

गजल - रहस्य'बिक्रम चिमरिया

गजल
सक्छस् माफ गरिदे सजाय जति।
बोरु सिकाइदे बाँच्ने उपाय जति॥

ढुक्क होऊ यो सहरमा कुनै धन्दा,
चल्दैन तिम्रो यौन ब्यवसाय जति॥

लाग्छ साहुले पनि गरेन मलाई,
यो समयले गरेको अन्याय जति॥

याद गर्नु शत्रुका चेतावनीहरू,
बिर्से हुन्छ आफन्तका राय जति॥

यस संसारमा कोही बिद्रोही छैन,
यो रहस्य लुकेको समुदाय जति॥

©'रहस्य'बिक्रम चिमरिया
बिर्तामोड झापा

गजल -टि. बि. सागर

  · 
गजल
ए ! आँधि अलिकति अड्न देउ
देख्दैछु बाटो अघि बढ्न देउ ।

फूलहरु फुल्नै पाएनन् बशन्तमा
मौसमको बिरुद्धमा लड्न देउ ।

त्यो पर्खाल भत्काईदिन्छु निमेष मै
शिरमाथि जूनको लाली चढ्न देउ ।

भेटिन जिन्दगीका रङ्गहरु
प्रेमको यो मात अझ्झै गड्न देउ ।

आवरण बेजोडको छ महाशय
रहस्य के छ त्यस्तो पढ्न देउ ।

टि. बि. सागर
ईटहरी -19, सुनसरी

गजल -Rahasya Bikram Chimariya


ततायौँ सडक मसालको आगो तापेर।
परिवर्तन भा'छ कमालको आगो तापेर॥

यी नाङ्गा बच्चाहरू कतिञ्जेल बाँच्लान्?
केही समय परालको आगो तापेर॥

माझी दाई बगरमा ठण्डी कटाउँदैछन्,
आफ्नै माछा मार्ने जालको आगो तापेर॥

शीत लहर चलेपछि बस्न थाले गाउँले,
छानो भत्काई टुँडालको आगो तापेर॥

युद्ध लड्दा दश शिशिर पार गरियो,
दाजु भाइका कंकालको आगो तापेर॥

©'रहस्य'बिक्रम चिमरिया
बिर्तामोड झापा

gajal -Kamal Sangharsh


गर्नै पर्ने अानाकानि मुस्कुराउदा पनि
रैछ तिम्राे रुने बानि मुस्कुराउदा पनि !!

दात झरेकाे बुढाे युग हास्दा हास्दै मर्याे
के बचपन के जवानि मुस्कुराउदा पनि !!

रुदा मेरा अाखा भन्दा अाफू बढि रुझ्छ
खुशी हुन्न याे सिरानी मुस्कुराउदा पनि !! 

यहा पागलकाे हितमा सुचना जारी हुन्छ
दिमागलाइ गर्छ हानी मुस्कुराउदा पनि !!

उता तिमी मौन रह्यौ जवाफ फर्काएनौ
यता मैले अाफ्न‌ै ठानी मुस्कुराउदा पनि

©कमल संघर्ष