नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Saturday, January 3, 2015

गजल -Rahasya Bikram Chimariya


ततायौँ सडक मसालको आगो तापेर।
परिवर्तन भा'छ कमालको आगो तापेर॥

यी नाङ्गा बच्चाहरू कतिञ्जेल बाँच्लान्?
केही समय परालको आगो तापेर॥

माझी दाई बगरमा ठण्डी कटाउँदैछन्,
आफ्नै माछा मार्ने जालको आगो तापेर॥

शीत लहर चलेपछि बस्न थाले गाउँले,
छानो भत्काई टुँडालको आगो तापेर॥

युद्ध लड्दा दश शिशिर पार गरियो,
दाजु भाइका कंकालको आगो तापेर॥

©'रहस्य'बिक्रम चिमरिया
बिर्तामोड झापा

No comments:

Post a Comment