नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

gajal- Ram Sharan Shrestha

को को थिए मेरा साथी याद गर्न दिनुस्
को को भए बिश्वास घाती याद गर्न दिनुस्
..
मान्छे पनि दुनियाँ पनि बदलियो हेर्दाहेर्दै
को को वारि को को पारी याद गर्न दिनुस्
..
बर्सौ पहिले कसैलाई छोडी आएको थेँ
सम्झिरहने उस्को बानी याद गर्न दिनुस्
...
नफर्केको धेरै भयो मेरो प्यारो गाउँ घर
आज सारा काम छोडी याद गर्न दिनुस्
 
राम शरण श्रेष्ठ 
चिसापानी रामेछाप 
12-12-2014

No comments:

Post a Comment