नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Saturday, January 3, 2015

गजल -रहस्य बिक्रम चिमरिया

यो महशुष गर्छ मन रहर बोकेर।
अब गन्तब्यमा पुग्नु छ सफर बोकेर॥

लाग्छ उनलाई छोएर यो हावा आ' को छ,
सयौँ क्षितिज पारिबाट खबर बोकेर॥

मेरो सपनाको बिरुद्धमा मेरो बाटोमा,
मेरै नियती उभि दिन्छ पत्थर बोकेर॥ 

बर्षौँदेखि अभावकै पाइला चालिरा'छु,
दुःखहरूले भरिएको ढाकर बोकेर॥

ब्यर्थ मलाई मार्न सुनामी नपठाउँनु,
रहस्यको डुंगा पौडन्छ सागर बोकेर॥

रहस्य बिक्रम चिमरिया
बिर्तामोड झापा

No comments:

Post a Comment