नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

gajal -कोमल भट्ट

जिन्दगानी कहिल्यै पनि,नटुङ्गिने यात्रा रैछ !!
सधैँ घुम्छन् दु:ख सुख,नरित्तिने यात्रा रैछ!!


आनन्द र हाँसो बिना,रोएको छ डाँको छोड्दै
अनन्त यो पीर व्यथा,नछोपिने यात्रा रैछ!!


अस्तव्यस्त पारेकाछन्,समस्याले घेर्दै घेर्दै
जति मरिमेट्दा पनि,नसुध्रिने यात्रा रैछ!!


छुट्टिएर सहयात्री लागे,आफ्नै गन्तव्यमा
कहाँ कहाँ पुगे होलान्,नभेटिने यात्रा रैछ!!


बोक्नु पर्ने गह्रौं भारी,ठाउँ छैन बिसाउनलाई
लगातारै दौडेको छ,नरोकिने यात्रा रैछ !!


एकादेशकै कथा भए,पुराना ती आत्मीयता
बिर्सी सके "कोमल" मन,नसम्झिने यात्रा रैछ !!

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
आश्विन १४,२०७०

No comments:

Post a Comment