नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Saturday, January 3, 2015

गजल - रहस्य'बिक्रम चिमरिया

गजल
सक्छस् माफ गरिदे सजाय जति।
बोरु सिकाइदे बाँच्ने उपाय जति॥

ढुक्क होऊ यो सहरमा कुनै धन्दा,
चल्दैन तिम्रो यौन ब्यवसाय जति॥

लाग्छ साहुले पनि गरेन मलाई,
यो समयले गरेको अन्याय जति॥

याद गर्नु शत्रुका चेतावनीहरू,
बिर्से हुन्छ आफन्तका राय जति॥

यस संसारमा कोही बिद्रोही छैन,
यो रहस्य लुकेको समुदाय जति॥

©'रहस्य'बिक्रम चिमरिया
बिर्तामोड झापा

No comments:

Post a Comment