नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

गजल -माधव दाहाल ‘निश्छल’

 
रच्छयानमा फ्याक्या पुष्पगुच्छा भयो संविधान !!
हात्ती आयो हात्ती आयो फुस्सा भयो संविधान!!
यौटा टेबल ठटाउछ अर्को मुड्की उज्याउछ
केटाकेटी लड्दै खेल्ने गुच्चा भयो संविधान!!
यौटा संघियता भन्छ अर्को धर्म निरपेक्ष
पार्टी–पार्टी फुटाउने छुच्चा भयो संविधान!!
पाँचतारेमै लन्च गर्छन डिनर पनि पाँचतारेमै
लाखौँ तलवभत्ता, मोहर सुक्का भयो संविधान!!
संविधान जे सुकै होस् कुर्सी सर्वैसर्वा हुन्छ
सरकार भो एक्का बास्सा, दुक्का भयो संविधान!!
जति मिति थपे पनि बन्ने छेकछन्द छैन
आकासको फल हेरेरै मर तुक्का भयो संविधान!!

माधव दाहाल ‘निश्छल’

No comments:

Post a Comment