नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, April 19, 2013

त्यो मन कुन्जमा लुकेको साँप हो की-Qeeran Rana

 त्यो मन कुन्जमा लुकेको साँप हो की?
अनी हेराइ कुनै इर्ष्याको राप हो कि?

नहिँडे चाल नागबेली के थाहा?
त्यो तन वास्तवमै मिथ्याको छाप हो कि?

आज बहुरङ्गी बोल्यौ संसारै डुब्ने,
मदहोशी लुट्ने घ्रिणाको श्राप हो कि?

म त सर्गमकै यौवन रोज्थेँ,
के थाहा मधुर्य मधुर्ताकै पाप हो कि?


- Qeeran Rana२०६९-१०-०३

Monday, April 15, 2013

मेरो दीलमा कसैले घर बनाएको छ_Jeevan Sarowar

गजल

मेरो दीलमा कसैले घर बनाएको छ।
हताहत धेरैको रहर बनाएको छ।।

अबला आईमाई दिउसै लुटिन्छीन।
प्रहरी भने अन्धो नजर बनाएको छ।।

हिजो भोकाहरुको पेट भर्छु भन्दैथियो।
सरकारले आज मन पत्थर बनाएको छ।

कुरा गर्थ्यो सर्बहारा संसार सजाउने।
गरीव बस्तीहरु बगर बनाएको छ।।

ऊस्लाई केको मतलब अरुको 'जिवन'।
जस्ले आफ्नो घर सुन्दर बनाएको छ।।

-Jeevan Sarowar न्यौपाने
रानीवन अछाम

गुज्रियो कयौं साल, त्यो पारा उस्तै छ-लेख कार्की

गुज्रियो कयौं साल, त्यो पारा उस्तै छ !
शान्ति लाई चपाउने, बंगारा उस्तै छ !!

बिदेशी प्रभू को, पाऊ नै मोलेर !
उसले माग्ने त्यो, साहारा उस्तै छ !!

स्विजरल्यान्ड भनि देश, सोमाली बनाउदा !
सडक मा बिरोधको, झन् नारा उस्तै छ !!

कर्णाली रुएको , बिर्सिएछन् आज !
उता त्यो चाँदनी, दोधारा उस्तै छ !!

भाईचारा फुटेथ्यो, उसैको कारण ले !
टोल टोल मा अझै नि, भाईमारा उस्तै छ !!

-
लेख कार्की "अन्योल"

खोटाङ

हाता हात सम्झिदै कोल्टे फर्कन्छु-Row-sun Khadka

हाता हात सम्झिदै कोल्टे फर्कन्छु।
त्यो बर्बाद संम्झीदै कोल्टे फर्कन्छु।

लिलामीमा रहेको मेरो घर् बारी,

हरेक् रात सँम्झिदै कोल्टे फर्कन्छु।

तिम्रो प्रेम सम्झिँदा निन्द्रा लाग्दैन,
याहाँ घात संम्झिदै कोल्टे फर्कन्छु।

चाहेर नी केही गर्न नसक ने,

यो। औकात संम्झिदै कोल्टे फर्कन्छु।

फर्की घर आउ बाबु! भन्छिन् आमा,

उन्को वात संम्झिदै कोल्टे फर्कन्छु।

फेरी कै'ले 'रोशन'को शुन्यतामा,

म उन्मात संम्झिदै कोल्टे फर्कन्छु।


-
Row-sun Khadka

सहरे 8 दोलखा।

तिमी बाहेक छैन कोही सोधे हून्छ रीतालाई_निरक्षर निरौला

तिमी बाहेक छैन कोही सोधे हून्छ रीतालाई॥
साँची राखे यो दिल मेरो दिईनँ कुनै गीतालाई॥

तिमी आउछौ भन्ने आश यो मनमा छदै थियो
त्यसैले त आजसम्म आँखा लाईनँ सीतालाई॥

तिम्रा अघि स्वर्गका ति अप्सरा नि फिक्का
तिम्रै तारीफ गरिदिन्थेँ दिक्क लाग्थ्यो रचीतालाई॥

तिम्रै यादमा तड्पिएर आधा ज्यान सुक्यो
हात जोड्थी, बिन्ती गर्थी, तर छाडेँ मनितालाई॥

तिमी मान या न मान तिम्रै हुँ म प्रिय!
तिम्लाइ देख्दा बिर्सिसके पल्लाघरे सबितालाई॥


copyright :protected  निरक्षर निरौला शंकर

नखोलेरै राखिएको एउटा बन्द खाम थियो

~~नेपालका बरिष्ठ गजलकार ललिजल रावल को गजल~~

नखोलेरै राखिएको एउटा बन्द खाम थियो॥
भित्र के के थियो कुन्नी बाहिर मेरै नाम थियो॥

कताबाट उजाडियो मनको सानो फुलबारी
भर्खरै त फूलहरूको यहाँ फुल्ने याम थियो॥

आज किन यहाँ केही केही पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरूको लाम थियो

सधैँ सधैँ बग्ने खोली एकै छिन रोकिई देऊ
तिम्रो वेगसँग मलाई अलिकती काम थियो॥

मनमा दियो बिस्वासको नबलेको जिन्दगीमा
धेरै धेरै अन्धकार थोरै मात्र घाम थियो॥

copyright:लेखकमा
[साभार :'बिरानो भयो ठाउँ'बाट]

पागल -लक्ष्मीप्रसाद देबकोटा


~~नेपाली साहित्यका महाकवि~~~
लक्ष्मीप्रसाद देबकोटाको पागल कबिताको एक अंश:-



जरुर साथी ! म पागल!
यस्तै छ मेरो हाल!

तिमि चतुर छौ बाचाल!
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ,
तिमी पाँच ईन्द्रीयले काम गर्छौ , म छैटौँले
तिम्रो गिदी छ साथी! मेरो मूटु!
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्दैनौ।
म उसलाई हेलेन र पद्मीनी पाऊछु।
तिमी बलिया गद्य हौ म तरल पद्य छु
तिमी जम्दछौ जब म पग्लन्छु
तिमी सँग्लीन्छौ जब म धमिलिन्छु
र ठिक त्यसको उल्टो ! तिम्रो संसार ठोस छ मेरो बाफ
तिम्रो बाक्लो मेरो पातलो
तिमी ढुङ्गालाइ बस्तु ठान्दछौ , ठोस
कठोरता तीम्रो यथार्थ छ म सपनालाइ समात्न खोज्छु
जस्तो तिमी त्यो चीसो मीठो अक्षर काटेको पाण्टिकीको
मेरो काँढाको बेग छ साथी!तिम्रो सुनको र हिराको
तिमी पाहाडलाइ लाटा भन्छौ म भन्छु बाचाल
जरुर साथी! मेरो एक नसो ढिलो छ
यस्तै छ मेरो हाल!

जरुर साथी ! म पागल!
यस्तै छ मेरो हाल!

[साभार: प्रगति (बर्ष 1, अंक 3, 2010) बाट]

म तिमिलाई छोडेर जादैछु-गोबिन्द चन्द सोडारी

***मुक्तक**

म तिमिलाई छोडेर जादैछु !
मायाको फुल गोडेर जादैछु !!
केहि दिन पछि फर्केर आउनेछु,
तिम्रो सम्झना ओडेर जादैछु !
त्यो मुटुको टुक्रा जोडेर जादैछु !!






-गोबिन्द चन्द सोडारी
 'समर्पण' अछाम


चिरबिर गर्दै चरी करायो गुधुली साझमा।
ला! मान्छेसंग मान्छे डरायो गुधुली साझमा।।

हजुरबाले भन्थे पाहुना पर्छ हेर केटा।
अगेनोमा आगो भर्भरायो गुधुली साझमा।।

गाँऊ सहरमा आतंक छदैछ, जंगलमा नि।
बाघ देखि भयवित खरायो गुधुली साझमा।।

कुना तिर लादै थियो गाडीलाई हवल्दार।
खोई! कति जुर्माना भरायो गुधुली साझमा।।

प्रेम प्रस्ताव राख्नेको मलाई लाम छ, भन्छ।
आज कोसंग 'ज्ञान' हरायो गुधुली साझमा।।

चिरबिर गर्दै चरी करायो गुधुली साझमा।
ला! मान्छेसंग मान्छे डरायो गुधुली साझमा।।

ज्ञान तरामु {सेतु} मगर
ठुलो लुम्पेक चार
कसिंन्थला, गुल्मी

हाल- मुम्बई


आफ्नो परिवार फूट्दा , कस्तो लाग्छ होला
एउटी नारी लुट्दा , कस्तो लाग्छ होला

के विराम थियो र , कसैमाथि अन्याय गर्दै
अवला माथि उठ्दा , कस्तो लाग्छ होला

सँधैसँधै निरीह माथि , हरेक रात लोग्नेले
धान चुटेझैं चुट्दा , कस्तो लाग्छ होला

बिग्रेको आफ्नो छोरो , सम्झाउनु त कताकता
उल्टै परिवार जुट्दा , कस्तो लाग्छ होला

प्रश्न चिन्ह उठ्छ होला , यदि तपाईँका सन्तान
ढल – नालीमा सुत्दा , कस्तो लाग्छ होला ।

– © मानन्धर अभागी ।
कृष्ण अबिरल
कृष्ण अबिरल




साझँ परे पछि होटल का कुरा।
रात परे पछि बोतल का कुरा॥

जब छुदैन त्यो बिदेशि ब्रान्डले।
अनि सुरु हुन्छ लोकल का कुरा॥

निकै भो भट्टि तिर नपसेको पनि।
साथिहरु गर्छन तलतलका कुरा॥

जब पिएर मस्त हुदाँ मदिरामा।
सुन्ने गर्छु प्रेम असफलका कुरा॥

म पनि पिएपछि रमाईलो गर्छु।
चलाउछु भट्टिमै गजलका कुरा॥

COPYRIGHT :लेखकमा सुरक्षित छ
~~~Lokesh Dhungana को गजल~~~

हाल :काठमांडौ नेपाल

यो तातो जवानी न हुँदो हो त...!!
म जल्ने थे पानी न हुँदो हो त...!!

गजलकार पागल हुनै सक्दैन...!
अनौठो ! कहानी न हुँदो हो त...!!

म उँहिल्यै मरी सकेको हुन्थे...!
तिम्रो धड्कन सिरानी न हुँदो हो त...!!

हराएकि प्रेमीकालाई खोज्ने थिएनहोला...!
मेरो आँखाको नानी न हुँदो हो त...!!

तिम्रो धड्कनमा म कैद हुने थिएन...!
हाम्रो कुराकानी न हुँदो हो त...!!

किन बाले लौरोले लखेट्थे...!
अनमोल बैमानी न हुँदो हो त...!!

copyright:रचनाकारमा सुरक्षित