नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Monday, April 15, 2013

नखोलेरै राखिएको एउटा बन्द खाम थियो

~~नेपालका बरिष्ठ गजलकार ललिजल रावल को गजल~~

नखोलेरै राखिएको एउटा बन्द खाम थियो॥
भित्र के के थियो कुन्नी बाहिर मेरै नाम थियो॥

कताबाट उजाडियो मनको सानो फुलबारी
भर्खरै त फूलहरूको यहाँ फुल्ने याम थियो॥

आज किन यहाँ केही केही पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरूको लाम थियो

सधैँ सधैँ बग्ने खोली एकै छिन रोकिई देऊ
तिम्रो वेगसँग मलाई अलिकती काम थियो॥

मनमा दियो बिस्वासको नबलेको जिन्दगीमा
धेरै धेरै अन्धकार थोरै मात्र घाम थियो॥

copyright:लेखकमा
[साभार :'बिरानो भयो ठाउँ'बाट]

No comments:

Post a Comment