नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Monday, April 15, 2013

गुज्रियो कयौं साल, त्यो पारा उस्तै छ-लेख कार्की

गुज्रियो कयौं साल, त्यो पारा उस्तै छ !
शान्ति लाई चपाउने, बंगारा उस्तै छ !!

बिदेशी प्रभू को, पाऊ नै मोलेर !
उसले माग्ने त्यो, साहारा उस्तै छ !!

स्विजरल्यान्ड भनि देश, सोमाली बनाउदा !
सडक मा बिरोधको, झन् नारा उस्तै छ !!

कर्णाली रुएको , बिर्सिएछन् आज !
उता त्यो चाँदनी, दोधारा उस्तै छ !!

भाईचारा फुटेथ्यो, उसैको कारण ले !
टोल टोल मा अझै नि, भाईमारा उस्तै छ !!

-
लेख कार्की "अन्योल"

खोटाङ

No comments:

Post a Comment