नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Monday, April 15, 2013



चिरबिर गर्दै चरी करायो गुधुली साझमा।
ला! मान्छेसंग मान्छे डरायो गुधुली साझमा।।

हजुरबाले भन्थे पाहुना पर्छ हेर केटा।
अगेनोमा आगो भर्भरायो गुधुली साझमा।।

गाँऊ सहरमा आतंक छदैछ, जंगलमा नि।
बाघ देखि भयवित खरायो गुधुली साझमा।।

कुना तिर लादै थियो गाडीलाई हवल्दार।
खोई! कति जुर्माना भरायो गुधुली साझमा।।

प्रेम प्रस्ताव राख्नेको मलाई लाम छ, भन्छ।
आज कोसंग 'ज्ञान' हरायो गुधुली साझमा।।

चिरबिर गर्दै चरी करायो गुधुली साझमा।
ला! मान्छेसंग मान्छे डरायो गुधुली साझमा।।

ज्ञान तरामु {सेतु} मगर
ठुलो लुम्पेक चार
कसिंन्थला, गुल्मी

हाल- मुम्बई

No comments:

Post a Comment