नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Monday, April 15, 2013

हाता हात सम्झिदै कोल्टे फर्कन्छु-Row-sun Khadka

हाता हात सम्झिदै कोल्टे फर्कन्छु।
त्यो बर्बाद संम्झीदै कोल्टे फर्कन्छु।

लिलामीमा रहेको मेरो घर् बारी,

हरेक् रात सँम्झिदै कोल्टे फर्कन्छु।

तिम्रो प्रेम सम्झिँदा निन्द्रा लाग्दैन,
याहाँ घात संम्झिदै कोल्टे फर्कन्छु।

चाहेर नी केही गर्न नसक ने,

यो। औकात संम्झिदै कोल्टे फर्कन्छु।

फर्की घर आउ बाबु! भन्छिन् आमा,

उन्को वात संम्झिदै कोल्टे फर्कन्छु।

फेरी कै'ले 'रोशन'को शुन्यतामा,

म उन्मात संम्झिदै कोल्टे फर्कन्छु।


-
Row-sun Khadka

सहरे 8 दोलखा।

No comments:

Post a Comment