नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Monday, April 15, 2013

मेरो दीलमा कसैले घर बनाएको छ_Jeevan Sarowar

गजल

मेरो दीलमा कसैले घर बनाएको छ।
हताहत धेरैको रहर बनाएको छ।।

अबला आईमाई दिउसै लुटिन्छीन।
प्रहरी भने अन्धो नजर बनाएको छ।।

हिजो भोकाहरुको पेट भर्छु भन्दैथियो।
सरकारले आज मन पत्थर बनाएको छ।

कुरा गर्थ्यो सर्बहारा संसार सजाउने।
गरीव बस्तीहरु बगर बनाएको छ।।

ऊस्लाई केको मतलब अरुको 'जिवन'।
जस्ले आफ्नो घर सुन्दर बनाएको छ।।

-Jeevan Sarowar न्यौपाने
रानीवन अछाम

No comments:

Post a Comment