नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Monday, April 15, 2013



आफ्नो परिवार फूट्दा , कस्तो लाग्छ होला
एउटी नारी लुट्दा , कस्तो लाग्छ होला

के विराम थियो र , कसैमाथि अन्याय गर्दै
अवला माथि उठ्दा , कस्तो लाग्छ होला

सँधैसँधै निरीह माथि , हरेक रात लोग्नेले
धान चुटेझैं चुट्दा , कस्तो लाग्छ होला

बिग्रेको आफ्नो छोरो , सम्झाउनु त कताकता
उल्टै परिवार जुट्दा , कस्तो लाग्छ होला

प्रश्न चिन्ह उठ्छ होला , यदि तपाईँका सन्तान
ढल – नालीमा सुत्दा , कस्तो लाग्छ होला ।

– © मानन्धर अभागी ।

No comments:

Post a Comment