नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

६ उत्कृष्ट मुक्तकहरु (



कार्यक्रम बहकिने मनमा छनोट हुन सफल भएका यो साताका ६ उत्कृष्ट मुक्तकहरु (२०७०-०९-२९)

१.
अमृत बनाई दियो अनि बिष बनाई दियो।
मान्छेलाई नै मान्छे मार्न खप्पीस बनाई दियो॥
म भगवानलाई हैन मेरो पुर्खालाई नै दोष दिन्छु,,
जसले हिजो बाँदरलाई मानिस बनाईदियो॥

- देवकिरण 'प्रवासी'
बाँसी ८, दैलेख
[हाल: नेपालगञ्ज बाँके]


२.
सारा खानी बेच्यो, सुस्ता,कालापानी बेच्यो
बहुमूल्य वस्तुहरु,छानीछा नि बेच्यो
के नै बेचेन र सानु यो सरकारले हाम्रो
तिम्रो जवानी बेच्यो मेरो राहदानी बेच्यो

- ईन्धन डि बी भन्डारी
गुल्मी खैरेनी, हाल:यू ए ई


३.
खुकुरी दिएर अनि धार दिएर ।
गएको छ कोही मलाई उपहार दिएर ।
सुन्नोस् न, उसका शर्त पनि कस्तो,
चुकाउने रे मैले मेरो संसार दिएर ।

- काजी सुनार,
बाजुङ्ग ९ ,पर्वत
हाल तनहुँ ।


४.
गीता एउटै हो ,अनि कुरान एउटै हो
बिचार अलग भएनि इन्सान एउटै हो
अरे यार भुँइ ढोगुं या त मुर्ति ढोगुं
बुज्न यति जरुरी छ ,भगवान एउटै हो

- pabin dahal
madi mulkharka
haal saudi arab


५.
jun jharera ho sachai tara jharera ho!!
aafulai man pareko sara jharera ho!!
jatti prayas garda pani timlai vulna
nasakeko
timrai yaadma aansuka dhara
jharera ho!!

- sumitra khadka parsa,chitwan


६.
मुटु भएपछी अनि मन भएपछी ...
बाँच्नै पर्ने बाँध्यता छ धड़कन भएपछी ....
हाँसेर जीउँन त खै कसरी सकिएला..
बोझहरुको बीचमा जीवन भएपछी

- रूद्र विवश, म्याग्दी
हाल मलेसिया

1 comment:

  1. सबै राम्रा अनि उत्क्रिस्ट छन ।

    ReplyDelete