नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

माघको महिना थियो लगनको वेला थियो।




January 15, 2014 at 3:48pm
माघको महिना थियो लगनको वेला थियो।
तिम्रो घरमा पराई र आफन्तको भेला थियो।

आगन् रङ्गी चङ्गी थियो पञ्चे बाजा बजेका थेँ। 
तिम्रो विहे हुँदै रैछ। मैंले ठाने मेला थियो।

तिमी विना म कसरी बाँच्न सकुला र! 'सिरु'।
क्या! सजीलै भन्यौ मायाँ, खेल थियो रेला थियो।

डिग्री रह्यो सिरानीमा सड़कको वास भयो।
तिम्रो 'मण्डप्' छिरौँ भने हात भरी ठेला थियो।

कति फरक पार्दो रैछ, एकै धर्को सिन्दूरले ।
सबै हेलो हाई थिए, *रोशन* भने हेला थियो।

@रोशन खड्का सहरे 8 दोलखा।
Like

No comments:

Post a Comment