नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

Shishir Bhattarai को यो गजल मन परेर यहाँ छुट्टै शेयर गरेँ ।


Shishir Bhattarai को यो गजल मन परेर यहाँ छुट्टै शेयर गरेँ ।

फेसबुकका भित्ताहरूमा श्रृङ्गारिक/रोमाण्टिक गजलका नाममा छाडा शब्द प्रयोग गरेर लेखिने गरेका गजलहरूको हुलमा ललित शब्दहरू चयन गरी शालीन भाषामा लेखिएको यो मुसलसल गजलका प्रत्येक शेरहरू मिजाजी त छन् नै, सरल र सहज भाषाको प्रयोगले अत्यन्त कोमल र सौन्दर्यपूर्ण पनि बनेकोछ ।

आई पुग्नेछु साँझ पर्दा मुस्कुराउँनू तिमी
मुस्कुराउँनू नजिक सर्दा मुस्कुराउँनू तिमी ।

त्यतिभए पुग्छ मलाई आफैँ सम्हालिन्छु
रिसाएर आँखा तर्दा मुस्कुराउँनू तिमी ।

शंका हुन्छ बोल्यौँ भने नचिनेझै गर्नू
पधेँरीमा पानी भर्दा मुस्कुराउँनू तिमी ।

कति कुरा नभनेरै बुझ्ने भएकी छौ
ती भँगेँरा जोडी लर्दा मुस्कुराउँनू तिमी ।

यहीँबाट जिन्दगीको सफर मोडिनेछ
झ्यालको पर्दा पूरा झर्दा मुस्कुराउँनू तिमी ।
- Shishir Bhattarai

No comments:

Post a Comment