नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

भो भो नसताउ मलाई यादहरू पठाएर


भो भो नसताउ मलाई यादहरू पठाएर 
चिसो यो कालो रातमा सपनाहरू खटाएर 

यति डस्छौ की हेर जब म एक्लो हुन्छु 
तिम्रै सुन्दर आकृति यो मनमा उदाएर

रात भरी सपनामा अंकमाल गरी बस्छौ 
आँखा खोल्दा बिलाउछौ यार प्यार थमाएर

भेटिदैनौ छाम्दा खेरी देखिदैनौ हेर्दा खेरी 
प्यार पोख्छौ तिम्रो हृदय बाट रसाएर 

नझोसि देउ यसरी प्यारको आगो मुटुमा
छट्पटिने गरी यो 'ख्वामित' लाई सताएर

"पल्लि"मगर "ख्वामित"
स्याङ्जा

No comments:

Post a Comment