नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

मलाई भेट्न मन भए आजादीमा आउनू।


मलाई भेट्न मन भए आजादीमा आउनू।
कुनै नौलो बाहाना ली आगनीमा आउनू।

तिम्रो साथ छुटेसी बाँचौ मैंले कस्को लागी,
जिउँदो लास हेर्नलाई मझेरीमा आउनू। 

के पाउँछ्यौ तिम्ले आखिर् अस्तुलाई सरापेर,
लाश जल्नू भन्दा पै'ले पश्पतीमा आउनू।

मुहान् फरक् भएपनी दोभान् त एउटै हो।
बागमतिको छेवै छेउ कोसीमा आउनू।

मनै हो तिम्रो पनी एक्लै आए पिडा होला।
लामा लश्कर लगाएर डोलीमा आउनू।

आमा तिम्री छोरी सँधै सँघारमा बसी रन्छे।
नपत्याए *ताज महल*को कोठीमा आउनू।

@रोशन खड्का। सहरे 8 दोलखा।

No comments:

Post a Comment