नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

नबोल्ने भीत्ताका तस्बिरहरु हुन्छन



नबोल्ने भीत्ताका तस्बिरहरु हुन्छन
नचल्ने मुर्दाका शरिरहरु हुन्छन

अन्याय सहेरै कती जिउछौ लाश भै
नखुल्ने काएरका जन्जीरहरु हुन्छन

नगरि बिद्रोह अधिकारका निम्ती
पिल्सीने दासका तक्दीरहरु हुन्छन

नहटने पछाडि अटल भै साहासी
प्रतिकारमा खडा भिरहरु हुन्छन

शिक्षाको उज्यालो बन्छन हतियार
सुईरो झै रोपिने झीरहरु हुन्छन

जो मर्छन हाँसेर परिबर्तनको लागी
गर्बिला उन्कै "गौरब" शिरहरु हुन्छन

Gaurab Shrestha "Maankura"

No comments:

Post a Comment