नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

कैफियत गजल सङ्ग्रहबाट




कैफियत गजल सङ्ग्रहबाट

गजल

म झिकिएको रहेछु यार नजरबाट 
मैले यस्तै बुझेँ तिम्रो उत्तरबाट

मेरा बालाई मैले अब के गर्नु पर्ला ?
हजुरबा निकालिएपछि घरबाट

मान्छेलाइ मार्नपनी सकिदो रहेछ
यहाँ मात्र एउटा मामुली खबरबाट

तिमिले खुसि निकालेर जलाइ दियौ
मेरा जिन्दगीका हर रहरबाट

जाउ तिमि गएर चट्टानहरु फोड
म सुन कमाएर आएँ बगरबाट

जीवन सरोवर
अछाम

No comments:

Post a Comment