नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, January 24, 2014

तमसुकमा म कैद छु राहदानीमा पनि-Rahasya Bikram Chimariya



तमसुकमा म कैद छु राहदानीमा पनि। 
छैनन् रहरहरू यो जवानीमा पनि।। 

हिजो निष्ठुरीका ति तस्विरहरू जलाएँ।। 
आज त्यही मुहार देखेँ खरानीमा पनि।। 

रित्तो मुटु बोकि हिँड्नेले के थाहा पाउँथे। 
ब्रह्माण्ड अँट्न सक्छ आँखाका नानीमा पनि।। 

ऐनामा कोही भेट्टाएँ म जस्तै उदास। 
उही मान्छे पाएँ तलाउको पानीमा पनि।। 

अब म कुनै हालातमा एक्लो हुनेछैन। 
चोटहरू साथी छन् जिन्दगानीमा पनि।। 

©'रहस्य'बिक्रम चिमरिया 
बिर्तामोड झापा

No comments:

Post a Comment