नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

तिम्रो बाटो मेरो घर आगन संग जोडिएर


गजल _____________________

तिम्रो बाटो मेरो घर आगन संग जोडिएर
चरी जस्तै भयो यो मन त्यो मन संग जोडिएर

शरीर भन्छ अङ्गालोमा बेरीरहुँ तिमीलाई
शिर भन्छ बसुँ तिम्रै बधन संग जोडिएर

कोइलीको मधुरताले मलाई तिम्रै झल्को दिन्छ
साझ पख तिम्रै बोली बचन संग जोडिएर

मेरो तन मेरो मन मेरो पुरै जीन्दगानी
बस्न पाउँ भन्छ तिम्रै जिवन संग जोडिएर

मेरा हरेक प्रभातमा उदाउछौ तिमी पनी
तेजीलो त्यो घाम अनि किरण संग जोडिएर

(मकर संक्रान्ति को सम्पूर्ण मनहरूलाई शुभकामना । तरुल खाउँ ज्ञान बनाउँ )

भण्डारी दाई अचम्म
मेलम्ची हेलम्बु नेपाल

No comments:

Post a Comment